साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आलु मान्छे

Nepal Telecom ad

तपाईंमा गम्ने मनुज पहिले भव्य कहिए
मपाईंमा रम्ने मनुज अहिले सभ्य कहिए ।
छ ईर्ष्याको पोको तनमन सबैमा छ गरल
प्रशंसाको भोको मनुज खतरा छैन सरल ।।

अँगाल्यो आशङ्का, छल, कपट हिंसा रिस पनि
घडीजस्तै घुम्ने गतिमय छ यो मानिस पनि ।
भुली नाता गोता धनतिर कुदी पत्थर बन्यो
खन्यो खाल्डो पार्ने नियत अरू हो ऊ पनि पर्यो ।।

अरूलाई हेपी कमसल बनाई तल गर्यो
र आफू चोखो भै विधि पनि मिची मास्तिर सर्यो ।
मिले खान्थ्यो होला सकल अलकत्रा पनि घुस
जहाँ राख्यो ठ्याक्कै सबसित मिल्यो ‘आलु मनुज’ ।।

उभोँ लाग्दो देखे नजिक रहने बान्धव बनी
उँधो झर्दो देखे ‘परपर’ हुने मित्र नचिनी ।
जहाँ जस्तो देख्यो ठिक भइदिने बान्धव बनी
छ ‘छेपारो’ जस्तै पलपल बदल्ने रङ पनि ।।

कहाँ लुक्छन् मान्छे हरतरह आफ्नो जित भए ?
सधैँ झुक्छन् मान्छे धनुषसरि आफ्नो हित भए ।
उही साथी, घाती समय बदले गर्छ छल को ?
हरे मान्छे प्राणी कमसल तथा ऊ असल हो ??

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
भुवाहरू

भुवाहरू

डा. दामाेदर पुडासैनी किशाेर
जीवन अरुको नाममा

जीवन अरुको नाममा

गोवर्द्धन पूजा
भर्‍याङ

भर्‍याङ

फित्काैली डटकम
भिषा लाग्यो

भिषा लाग्यो

भाेज अर्याल
गीत्कौली

गीत्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x