साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनव गजल–विशेष कार्यक्रम

Nepal Telecom ad

अभिनव साहित्य समाजले २०७३।४।२९ गते १७४ औँ श्रृंखला सम्पन्न गरेको छ । यस अन्तर्गत वर्षाकालीन गजल–विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

समारोहमा उपस्थित कविहरूमध्ये ४६ जनाले गजल वाचन र मन्तव्य व्यक्त गरेका थिए । तीमध्ये हेमन्त शिशिर, सुनिता सापकोटा, उत्तम विचार र लिलाराज दाहाललाई उहाँहरूले वाचन गरेको रचनाका लागि प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

अन्य सहभागीमा व. भावुक, ब्रह्मप्रिय, सुशील आचार्य, ईश्वर आचार्य, सरु काव्या, श्रीराम कुरौटे, विलास रोकाय, गोविन्द नेपाल, प्रदीपरत्न शाक्य, प्रकाश बस्नेत, अशोक कुँवर, दिनेश संग्रौला, बाजुराम पौडेल, विमला देव, पुन्य गौतम विश्वास, गोपाल कृष्ण रिजाल, पीताम्बर भण्डारी, मानन्धर अभागी, कृष्ण गौतम, प्रकाश रम्घाली, रत्ननिधि रेग्मी, रामकुमार पण्डित, श्यामबहादुर भागुक, रेहान खान, निर्मल पराजुली, इन्दजित शर्मा बुद्धरत्न शाक्य, शैलेन्द श्रेष्ठ, श्रीमती मन्जुश्री प्रधान, थरेन्द्र बराल, उमेश पाण्डे, कुमार अनल, उद्धव पोखरेल, लिल्लीराज अर्याल, शिवराम खडका, सुमन पुडासैनी, घनश्याम प्रसाई, रमेश भट्टराई पुजारी, लक्ष्मण रुपाखेती, रुद्र अधिकारी शालिग्राम अधिकारी र शीतल गिरी आदि हुनुहुन्थ्यो ।

कार्यक्रमको प्रमुख अतिथिमा डा.शेषराज आचार्य र सभापतित्व समाजका उपाध्यक्ष प्रकाशमणि दहालले गर्नुभएको थियो । समाजका अध्यक्ष वेदमणि घिमिरेले धन्यवाद ज्ञापन, कोषाध्यक्ष नवराज राउतले व्यवस्थापन, सचिव श्री परशुरामले वाचित रचनाको समीक्षा, घनश्याम प्रसाईले स्वागत मन्तव्य र शारदा पराजुली उद्घोषण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x