साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाग् बूढी भाग !!

Nepal Telecom ad

यौटा स्यालले कतै खसेको यौटा रद्दी कागत भेटेछ । उसले स्यालनीलाई भनेछ– “बुझिस् बूढी, मैले यो लालमोहर भेटें । अब हामीले जसका बारीमा पसेर उखु जत्ति खाए पनि हुन्छ । “स्यालनीले नपत्याउने कुरै भएन । उनीहरू मजासित जसको बारीमा मन लाग्यो पसेर उखु खान थाले । कसैले केही भन्दा पनि भनेन । एक दिन यसै गरी उखु खाइरहेका बखत चारवटा भोटे कुकुरहरूले लखेट्न थालेछन् । उनीहरू भाग्न थाले । अनि स्यालनीले यिनीहरूलाई हाम्रो लालमोहर देखाइदिनुहोस् न भनिछ । अनि स्यालले भनेछ– “यी मूर्खहरूले पढेलेखेका छैनन् । यिनीहरूका अगाडि लालमोहर देखाउनु बेकार हुन्छ । त्यसैले भाग् बूढी भाग् ।”

नेपाली भाषाको क्षेत्रमा पनि यस्तै लालमोहर बोकेका स्यालहरूले जथाभाबी उखु खान थालेका छन् । तिनीहरूलाई लघार्न वास्तविक भाषासेवीहरू आज कराउन थालेका छन् । तिनीहरूले सरकारी शक्ति र आदेश देखाएर जति भाषामा भाँडभैलो गर्छौं भने पनि सफल हुन न त समाजले दिनेछ न त प्रबुद्ध भाषासेवीहरूले नै सहन गर्नेछन् ।

प्राज्ञ शव्दमा प्र नरहेर प् र र ज्ञ नरहेर ग्यँ भएपछि के गति हुने हो त्यसको तयारी गरेर बसे हुन्छ । मन्त्रीले त मलाई झुक्याएछन् भनिसके । अब माओवादी र कांग्र्रेसका मन्त्रीको आँट होला त त्यो गाईखुरे नियम कायम गर्नू भनेर आदेश दिन ?

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
लाज

लाज

रमेश खकुरेल
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x