साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठानमा काव्य वाचन

Nepal Telecom ad

काठमाडौं, भाद्र १८ गते । एडमार्क कलेज कलङ्कीमा अनुपम सिर्जना प्रतिष्ठान नेपालको उनान्पचासौं रचना वाचन कवयित्री बुनु लामिछानेको प्रमुख आतिथ्य एवं संस्थाका वरिष्ट उपाध्यक्ष भुवनहरि सिग्देलको सभापतित्वमा सम्पन्न भयो ।

कार्यक्रममा छन्द, स्वच्छन्दका कविता, गीत, गजल, भजन तथा मुक्तकहरू रोचक ढङ्गबाट स्रष्टाहरूले वाचन गर्नुभयो । रचनाहरू देश भक्तिपूर्ण भावनाले भरिएका, जनचेतना मूलक तथा समाजिका विकृति बिरुद्ध प्रहार गरिएका थिए ।

सो अवसरमा स्रष्टाहरू डा.सत्यराज थपलिया, डा.जीवन अधिकारी, हरिप्रसाद पाण्डेय, श्रीधर पौडेल, भागयशाली अधिकारी, जगदीश्वर पोखरेल, भुवनहरि सिग्देल, डा.बमबहादुर जिताली, मणिराज सिहं, बुनु लामिछाने जितु खड्का, रामशरण खड्का, निर्मल पराजुली, रुद्र अधिकारी, पुरुषोत्तम सिग्देल, लक्ष्मीप्रसाद मिश्र, लिलाधर पाण्डे, दुर्गा रिमाल, हरि खनाल, सुनिता सापकोटा, रमेशप्रसाद गौतम, ईश्वरीप्रसाद न्यौपाने, हृदयपाणि अधिकारी, देबेन्द्रप्रसाद खनियाँ, उत्तम विचार, भुवन सिवाकोटी, नवीन प्रधान, रश्मि रिमाल, खगेन्द्र खोल्साघरे, कमला रिसाल ज्योति, गोविन्द लामिछाने, उर्मिला पन्त पाण्डेय तथा सन्तोष अधिकारीले रचना वाचन गर्नुभएको थियो

संस्थाका महासचिव जगदीश्वर पोखरेलले स्वागत गर्नु भएको थियो । संस्थाकी सदस्य दुर्गा रिमाल अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

–उमेश पाण्डे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x