साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टीचर

Nepal Telecom ad

टि ई ए टी टी माने चिया
दूध नपाए सादै गर्
चीनी नभए खल्लै गर्
केही नजुरे टीच
यी हाम्रा टीचर ।

बाबा बाजे आमा अजिमा
यौटा बच्चो सब छन् थर्थर
नब्बे बच्चा यौटा सर
यी हाम्रा टीचर ।

उसिना चामल दाल छ हर हर
गुन्द्रुक चटनी खुर्सानी छ
शिक्षा प्रोटिन भोजन गर्र
यी हाम्रा टीचर ।

कालो पाटी पुछ्ने डस्टर
फटफट चप्पल हात रजिस्टर
मोतीदाना सुन्दर अक्षर
यी हाम्रा टीचर ।
शिष्य छ हाकिम साहु मिनिष्टर
क्यै देला कि नमस्ते गर्

भोको घरमा यौटै कचकच
यी हाम्रा टीर्च ।
योग्य शिष्य हून् जनता घर घर
शिक्षा सोच बिचारी गर
प्रहरी लाठी मनमा धर
यी हाम्रा टीचर ।

(शिक्षा दिवसका अवसरमा। यो कविता २०४१मा इलाममा राति टुँडिखेलमा पाठ गरेर जिल्ला
पञ्चायतको पाहुनाघरमा बास बसी बिहान तल वर्लन लाग्दा बजारभरि टेप रिकर्डरमा यही कविता
सुन्न पाउँदा मुग्ध भएको थिएँ।त्यसको केही अघि सरकारबाट इलाम जिल्लामा शिक्षकहरूमाथि
निकै दमन भएको थियो –खकुरेल)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x