साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भोलेनाथ पति पाउँदा

Nepal Telecom ad

तिमी जस्तै पति पाउँ भनी
तिम्रो ब्रत बसेपछि
एक दिन गदगद भएँ
किनभने साँच्चै तिमी जस्तै पतिदेव पाएँ
तिमी जस्तै लटा हालेका
लामा लामा जटा पालेका
तिमीले डमरू बोके झै यिनले पनि गीटार बोक्छन्
ठाउँ ठाउँमा प्वाल पारेको प्यान्ट ठोक्छन्
यिनले पनि तिमीले जस्तै टुन्न गाजा तान्छन्
कहिलेकाहीँ त त्यो भन्दा कडा
नसाको सिरिञ्ज हान्छन्
तर यो कालीयुगमा पनि
त्यो सत्ययुगमा जस्तै साथी सँगिनीले
गँजडीकी जोई भनी गिज्याउँछन्
अरु त अरु बाले पनि
लक्ष्यवतिले झै ट्यापे ज्वाइँ भनी हुच्याउँछन् ।

मेरा माइतिले पनि
तिम्री सत्यवतिलाई जस्तै हेला गरे
छोरी बौलाई भनी घरमा भेला गरे
पोहर लाख बत्तीमा बोलाएनन्
यसपाली सप्ताहमा पनि बोलाएनन्
मैले तिम्री सत्तिवतीले जस्तो
अग्निकुण्डमा हाम फाल्न पनि सकिन
अरु कुनै कदम चाल्न पनि सकिन
फेरि मेरा पिलन्धरे ख्वामितले,
तिमीले सत्यवतिलाई बोके जस्तो नबोक्लान्
लाग्छ उल्टो मलाई छोडी सुइँकुच्चा ठोक्लान्
तर भन्नुस् त महादेव
मैले हजुर जस्तै पति रोजी के बिराम गरेँ
बाआमाको इज्जत जाने त्यस्तो के शरम गरेँ ?

दाङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x