साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चङ्गा बनाई मन !

Nepal Telecom ad

भाषाभित्र पसेर तान्डव झिकी, नाच्दैछ भस्मासुर ।
प्रज्ञाको पगरी गुतेर अहिले, हाँस्दैछ बक्कासुर ।।
फोरी वर्ण निमोठी अक्षर कयौ, काटेर खुट्टा अझ ।
दाह्रा सीङ भिरेर त्रासद छरी, आएछ ब्रित्रासुर ।।१।।

हन्डी घिच्न गई पराइ जनका, भाषा बिगार्ने जन ।
मास्दा सम्स्कृति— धर्म गौरव यहाँ, दुख्दैछ धेरै मन ।।
प्रज्ञाको पदले मदोत्मद बनी, कुर्लन्छ दुर्योधन ।
आओ अर्जुन हो ! लडौं सब मिली, बाँच्नेछ पुर्खा— धन ।।२।।

हाम्रा वैदिक सभ्यतासित यहाँ, ‘धावा’ नबोल्द्यौ अब ।
हाम्रा पाणिनि जैमिनी ऋृषि ढले, हुन्नन् कसैको जय ।।
छोटा प्राज्ञ घमण्ड छोड मनको, नाली नबन्द्यौ यहाँ ।
द्रष्टा ती ऋृषिका सुमार्ग हिँडिद्यौ, विज्ञान खुल्छन् जहाँ ।।३।।

भाषा गौरव राष्ट्रको र जनको, हो सभ्यता संस्कृति ।
अर्घेल्याइँ गरेर कम्मर कसे, हुन्छौ कडा विकृति ।।
बन्छौ कृष्ण कि कंस रोज अब ता, भाषा बिगार्ने जन ।
विद्या अल्प भयङ्करी बुझ तिमी, चङ्गा बनाई मन ।।४।।

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बिदा र हल्लाको देश !

बिदा र हल्लाको देश...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सान जाेगाउने हाेस् 

सान जाेगाउने हाेस् 

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जय- संस्कार !

जय- संस्कार !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
अगुल्टाले च्वाइँ ! जय ज्वाइँ !

अगुल्टाले च्वाइँ ! जय...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पिण्ड स्थाने पिण्डम् !

पिण्ड स्थाने पिण्डम् !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x