सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

लाखे नाच

Nepal Telecom ad

जात्रा बिशेषमा लाखे नाच मनाइन्छ तर राष्ट्रिय जात्रामा भने लाखे नाचको छुट्टै महत्व हो कि भन्ने लख काट्न सकिन्छ । अझ राजनीतिक जात्रामा त मात्रा नपुर्याएर लाखे नाच नाचेर जनतालाई भुलाउने काम पटक पटक भएको पाइन्छ । आदर्शको मुखुण्डो ओडेर यी राजनीतिक बुख्याँचाले देशलाई अधोगतिमा लग्दा लग्दै पनि हामि निर्धक्क त्यही लाखे नाचको सेरोफेरोमा पटक पटक मेला भरिरहेछौं ।{{read_more}}

यो राजनीतिक लाखे नाचको मुकुण्डो पनि सायद दक्षिणको कच्चा पदार्थले बनेको हुनु पर्दछ । ताल त्यतैको हुनु पर्दछ । खै आफ्नो मौलिक पनको नेपाली राजनीतिक लाखे नाच ? के यी लाखेहरु कस्को इशारामा नाच्छन् हँ ? तपाईले भेउ पाएर पनि के गर्नु तपाईलाई यि लाखेले नाचि नाचि पर छेउमा पुर्याई दिन्छन् । कहिले प्रजातन्त्रको नाममा यिनीहरुले लाखे नाच गरे । कहिले पंचायतको नाममा लाखे नाच गरे भने कहिले गणतन्त्र र राजतन्त्रको नाममा लाखे नाच गरिनै रहे यी नौटंकीवाजहरुले ।

विध्यालयमा पढाउँदा सरले भन्नुहुन्थ्यो, गाई र भैंसी सजिलै छुट्याउन सकिन्छ तर यी मुकुण्डोधारी लाखेको लिंग, वर्ण, आदर्श, राष्ट्रियता केही गरि छुट्याउन नसकिने रहेछ । आखिर पशुलाई त यै हो भनेर छुट्याउन सकिन्छ तर मानव नामका यि कलंकलाई किन छुट्याउन सकिदैन हँ ?

गाउँमा लाखे नाच हुँदा गर्मी हुँदा लाखेलाई नाङ्लोले हम्किने र पानीले छम्किने गरिन्थ्यो । अझ लाखे बन्नेले केही दिन अघि बाट शुद्ध खानेकुरा खाएर लाखे बन्नको लागि तयार भएर बसेको हुन्थ्यो । यी राजनीतिक लाखे हेर्दा बिभिन्न पार्टीमा लाखे नाच नाच्न बिभिन्न बिशेषता बोकेका महामानवहरुको बाहुल्यता दिनानुदिन बढेको छ भने । यो लाखे नाच नाच्नलाई कुनै तिथि मितिको आवश्यकता नपरेको ठ्याक्कै थाहापाउन सकिन्छ । विशेष गरि हरेक नौ नौ महिनामा गज्जबको लाखे नाच सिंहदरबारमा देख्न पाईन्छ भने , बेला बखत सडक, सदनमा पनि लाखेको अबतार देख्न पाईन्छ । कुर्सी भाँच्ने, रेलिङ तोड्ने, माईक फोड्ने यी लाखेलाई गर्मि भएको बेला पैसाको बिटोले हम्किन र हिन्दी गीतको शितलताले छम्किन सके शान्त भएको पनि देख्न सकिन्छ ।

लाखेले आफ्नो मुख नदेखाउने भएकोले जति उदण्ड हुन्छ, यि राजनीतिक लाखेहरु पनि नेपथ्यमा बसेर सडकमा मानिसलाई लाखे नाचको आमन्त्रण गर्दछन् । कहिले बम त कहिले रमको प्रयोगले यि लाखे नाचलाई उत्कर्षमा पु

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रेलयात्रा

रेलयात्रा

शरद जाेशी
पैसा ! पैसैपैसा !!

पैसा ! पैसैपैसा !!

डा. सुकराज राई
गाँस

गाँस

ढाकामाेहन बराल
भोक माफिया

भोक माफिया

डा. विदुर चालिसे
परनिर्भरता

परनिर्भरता

सृजन लम्साल
छेपारोको रङ्ग

छेपारोको रङ्ग

रामप्रसाद पन्थी