साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशनग्रहण समारोह

Nepal Telecom ad

हाम्रो विद्यालयको नमूना शौचालय उद्घाटन समारोहमा पाल्नुभएका सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्दै प्रमुख अतिथिज्यूको अति व्यस्तताले गर्दा निर्धारित समयभन्दा एक घण्टा ढिलो कार्यक्रम शुरु हुन गएकोमा म क्षमायाचना गर्दछु । अब ढिलो नगरीकन म आशनग्रहणको क्रमलाई अगाडि बढाउँछु । आजको यस गरिमामय सभाको सभापतित्व ग्रहण गरिदिनुहुन विद्यालय सञ्चालक समितिका अध्यक्षज्यूलाई अनुरोध गर्दछु ।{{read_more}} व्यस्त समयका वावजुद हामीलाई माया गरेर पाल्नुभएका माननीय शिक्षामन्त्रीज्यूलाई कार्यक्रमको प्रमुख अतिथिको रुपमा आशनग्रहणका लागि अनुरोध गर्दछु ।

श्रीमान् सचिवज्यूलाई विशिष्ट अतिथिका रुपमा आशन ग्रहणका लागि अनुरोध गर्दछु । माफ गर्नुहोला, सचिवज्यूलाई विशिष्ट नभई विशेष अतिथिको आशनग्रहण गरिदिनुहुन अनुरोध गर्दै विशिष्ट अतिथिको रुपमा आशनग्रहणका लागि माननीय सांसदज्यूलाई अनुरोध गर्दछु । माननीयज्यू, गल्ती भयो, माफ पाऊँ ! कृपया, यसरी रिसाएर नहिँडिदिनुहुन अनुरोध गर्छु । बिन्ति माननीयज्यू !

धन्यवाद माननीयज्यू । हामीमाथि दया गरेर माननीयज्यूले आशनग्रहण गरिदिनुभएकोमा उहाँलाई जोडदार तालीले स्वागत गरिदिनुहुन म सम्पूर्ण विद्यार्थी भाइबहिनीलाई अनुरोध गर्दछु । माननीयज्यूले प्रमुख अतिथि बनाउने भए मात्र आउँछु भन्नुभएको थियो । त्यसैले अचानक उहाँ यहाँ आउनुभएको थाहा नभएर यो त्रुटी हुन गएको प्रष्ट पार्न चाहन्छु ।

म पुनः आशनग्रहण कार्यक्रमलाई निरन्तरता दिन्छु । श्रीमान् जिल्ला शिक्षा अधिकारीज्यूलाई अतिथिकोे आशनग्रहणका लागि अनुरोध गर्दछु । सहायक जिल्ला शिक्षा अधिकारीज्यूलाई पनि अतिथिको आशनग्रहणका लागि अनुरोध गर्दछु । विद्यालय निरीक्षकज्यूलाई आशनग्रहणका लागि अनुरोध गर्दछु । नगरपालिकाका उपमेयरज्यूलाई आशनग्रहणका लागि अनुरोध गर्दछु । यस वडाका वडाध्यक्षज्यूलार्ई अतिथिको रुपमा आशनग्रहण गरिदिनुहुन अनुरोध गर्दछु ।

स्वयंसेवक विद्यार्थी भाइबहिनीहरू, मन्चमा अरु पन्ध्रबीसवटा कुर्सीहरू थप्नुहोला ।
हाम्रो भाग्य, हामीले नबोलाए पनि हामीलाई माया गरेर उपस्थित हुनुभएका यसै वडाका नवनिर्वाचित महिला बडा सदस्यज्यू, नेपाली कांग्रेसका वडा सभापतिज्यू, नेकपा एमालेका वडाकमिटि अध्यक्षज्यू तथा नेकपा माओवादी केन्द्रका वडा इन्चार्जज्यूहरूलाई मन्चमा आशनग्रहणका लागि अनुरोध गर्दछु । राप्रपा, राजपा, सद्भावना लगायत विभिन्न राजनीतिक दलबाट उपस्थित हुनुभएका प्रतिनिधिज्यूहरूलाई आशनग्रहणका लागि अनुरोध गर्दछु ।

त्यस्तै विभिन्न राजनीतिक दलका भातृ संगठनका अध्यक्ष वा प्रतिनिधिज्यूहरू, शिक्षक संगठनका प्रतिनिधिज्यूहरू, यस वडामा रहेका विभिन्न क्लवका अध्यक्षज्यूहरू, आमा समूहका अध्यक्षज्यू, सहकारीका अध्यक्षज्यू, प्रहरी चौकीका इन्चार्जज्यू, स्वास्थ्य चौकीका प्रमुखज्यू, समाजसेवी, चन्दादाता, उद्योगी, जेष्ठ नागरिक, सञ्चालक समितिका पूर्व अध्यक्षज्यूहरू, उद्यमी, साहू, समाजसेवी, पत्रकार, गुरु पुरोहित, धामी, झाँक्री, माताजी, बाबाजी, हाम्रो इलाकाका ठेकेदारज्यूहरू, डनज्यूहरू लगायत सबैलाई आशनग्रहणका लागि अनुरोध गर्दछु ।

आशनग्रहणको क्रम जारी नै रहनेछ । यस क्रममा अतिथिज्यूहरूलाई आशनग्रहण गराउँदा अगाडि पछाडि पर्न गएकोमा, मन्चमा अगाडिको लाइनमा राख्नुपर्नेमा स्थान अभावका कारण पछाडि राख्नु परेकोमा हामी अत्यन्तै लज्जित छौँ, त्यसका लागि म क्षमायाचना गर्दछु । मन्चमा आशनग्रहण गराइएका व्यक्तित्वहरूभन्दा माथिल्लो वा समान हैशियतमा रहेका व्यक्तित्वहरू वा मन्चमा बस्न योग्य व्यक्तित्वहरू अरु हुनुहुन्छ भने हामीलाई नाम टिपाइदिनुहोला । हामी क्रमशः आशनग्रहण गराउँदै जानेछौँ । कार्यक्रमलाई छोटो र छरितो बनाउनुपर्ने भएकोले म आशनग्रहण कार्यक्रमलाई एकछिन स्थगित गरेर अतिथिहरूलाई ब्याच वितरण तथा खादा भिराउने कार्यक्रमलाई अगाडि बढाउन सिता र रिता मिसहरूलाई अनुरोध गर्छु । ब्याच तथा खादा राखेको डोको मन्चमा ल्याइदिन स्वयंसेवकहरूलाई अनुरोध गर्दछु । यस बिचमा म पुनः आशनग्रहण गराउनुपर्ने नामहरू सङ्कलन कार्यमा लाग्छु । धैर्य गर्नुहोला ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x