साइबर अपराध सम्बन्धी सचेतना सामग्री

थुइक्क राजनीति

Nepal Telecom ad

जीवन भरी पार्टीको झोला बोकेँ
पुलिसले पनि लाठी बुटले ठोके
तर आज
न समानुपातिकमा परे, न प्रत्क्षमा परेँ
भर्खर पार्टीमा छिरेका
कतै धनबहादुर
कतै डनबहादुर पो सांसद अरे
थुक्क राजनीति
यो कस्तो राजनीति गरे ।

न झरी न गर्मी , पार्टी बनाउँदै हिँडियो
पार्टीको लागि, दिलो ज्यान दिएर भिडियो
आफ्नो मूल्याङ्कन होला भनी
पार्टीका नेताको भरोसामा परेँ
टुरिस्ट नेता पो आफ्नो क्षेत्रको उमेद्वार अरे
थुइक्क राजनीति
यो कस्तो राजनीति गरेँ ।

जीवन भरी पार्टीको लागि
कहिले भूमिगत बसियो
कहिले जेलतिर पसियो
कहिले जङ्गलतिर भागियो
कहिले बनारसतिर लागियो
आज उमेद्वार हुँदा
कतै तस्कर कतै गुण्डा अरे
थुइक्क राजनीति
यो के राजनीति गरेँ ।

पार्टीको मूल्याङ्कन पनि कस्तो
राजाकै पालाको जस्तो
कि त नेताको साला हुनु पर्ने
कि त ज्वाइँ चेला हुनु पर्ने
त्यो भएन भने
कि डनबहादुर हुनु पर्ने
कि धनबहादुर हुने पर्ने
आफू यसमा कुनै परिएन
यसपाला पनि उमेद्वारमा नाम दरिएन
अब डनबहादुर नै सभासद
डनबहादुर नै मन्त्री, प्रधानमन्त्री होला
कठैबरा देश
त्यो बेला झन, यसको हालत कस्तो होला ?!

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x