साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढुङ्गेलका एक दर्जन कवितावाचन 

Nepal Telecom ad

कार्तिक १०, ०७४ । विगत साढे तीन वर्षदेखि अविच्छिन्नरूपमा सम्पन्न भइरहेको ‘अविरल जनसाहित्य यात्रा’को ४१ औँ शृङ्खलामा वरिष्ठ प्रगतिवादी कवि राममणि ढुङ्गेलका एक दर्जन प्रतिनिधि कविता वाचन गरियो । {{read_more}}

हरेक महिनाको दोस्रो शुक्रवार उपत्यका र बाहिर रहेर नेपाली प्रगतिवादी साहित्यमा योगदान गर्ने एक जना प्रगतिवादी साहित्यकारका एक दर्जन कविता सुन्ने र ती कवितामाथि टिप्पणी गर्ने, स्रष्टाको व्यक्तित्व उजागर गर्ने, सिर्जनामा निखार ल्याउने उद्देश्यका साथ थालनी गरिएको यो सोद्देश्यमूलक अभियानको एकचालिसौँ शृङ्खलामा वरिष्ठ प्रगतिवादी कवि राममणि ढुङ्गेललाई ल्याइएको र उहाँले साहित्यका माध्यमबाट सामाजिक रूपान्तरण अभियानमा खेलिरहनुभएको महत्त्वपूर्ण भूमिकाका बारेमा समेत चर्चा गर्ने उद्देश्य रहेको जानकारी विनोद मन्जनले दिनुभयो । 

समारोहका नायक कवि राममणि ढुङ्गेलले जनसाहित्यिक मञ्च, नेपालले विगत साढे तीन वर्षदेखि थालनी गरेको यो अभियानमा सामेल हुनपाएर आफ्ना कविता सुनाउने अवसर मिलाइदिएकोमा गौरवबोध भएको भन्नुहुँदै ‘बाइनाकुलर’, ‘हात्तीआतङ्क’, ‘भालुपुराण’, ‘अन्तिम सत्य’, ‘चिप्लेटी डाँडो’, र ‘आगोभित्र आकाश’ शीर्षकका विभिन्न कालखण्डमा रचना गरिएका शक्तिशाली वैचारिक कविता वाचन गर्नुभयो ।    त्यसैगरी रचना वाचनमा सहयोगी कविहरू राधिका गुरागाईँले ‘कालुचाहरू कालुमानहरू’ शीर्षकको, टपेन्द्र कार्कीले ‘उकुच समय’ शीर्षकको, गणेश घिमिरे ‘मार्मिक’ले ‘छारो उडाउने कोट’ शीर्षकको, यशोदा अधिकारीले ‘बाढी’ शीर्षकको, सुगन्धा सिग्देलले ‘समयपहाड’ शीर्षकको र राम सन्जेलले ‘ठुल्दाजु’ शीर्षकको गरी एक से एक शक्तिशाली कविता वाचन गर्नुभएको थियो । 

वाचित एक दर्जन कवितामाथि टिप्पणी गर्दै समालोचक प्रा.डा.यादबप्रकाश लामिछानेले ढुङ्गेलका कवितामा सामाजिक–सांस्कृतिक रूपान्तरणका पक्षमा सरल तथा सहज ढङ्गले कविताले वकालत गरेका, सामाजिक द्वन्द्व र मानवीय पीडाको समन्वय, सुन्दर चित्रण र हिंसाको विरोध सशक्तरूपले गरिएको बताउनु भयो । 

विशिष्ट अतिथि खगेन्द्र राईले महासङ्घको व्यवस्थापनमा बारओटा शृङ्खला सम्पन्न गरी जनसाहित्यिक मञ्चलाई नै सञ्चालन गर्ने जिम्मा दिइएको यो विशिष्ट समारोहको आजको एकचालिसौँ शृङ्खला सम्पन्न भइरहँदा आपूmलाई खुसी लागेको बताउनु भयो । 

प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् एमाले नेता रघुजी पन्तले यो विशेष शृङ्खलामा आफ्ना कविता वाचन गर्नुहुने राममणि ढुङ्गेलको कविता लेखनको यात्रा निरन्तर चलिरोहस्, अझ परिष्कृत हुँदै जाओस् भन्नुहुँदै एकपटक कुनै कविको कविता सुनिसकेपछि दोहोर्याएर पढ्न मन लाग्ने होस्, अर्थात् कविताले पाठकको दिमागलाई झन्क्रित पार्न सकोस् भन्नु भयो । 

धन्यवाद ज्ञापन गर्दै उपाध्यक्ष रमेश पोखरेलले उपस्थित विद्वान व्यक्तित्व सबै सबैलाई हार्दिक आभार व्यक्त गदे समारोहको समापन गर्नुभयो । 

–रमेश पोखरेल
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x