साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्राध्यापक लामिछाने सम्मानित

Nepal Telecom ad

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्मजयन्तीका अवसरमा कार्तिक २७ भैरहवामा स्रष्टासम्मान तथा रचनावाचन कार्यक्रम सम्पन्न भयो । सो अवसरमा बोल्ने वक्ताहरूले महाकवि लक्ष्मीप्रसाद देवकोटाले देखाएको आदर्शको अवलम्बन गर्न सके देशले छिटै अग्र गति लिने कुरामा जोड दिए ।{{read_more}}

देवकोटाको जीवनी, व्यक्तित्व र कृतित्व उपर प्रकाश पार्दै उपप्राध्यापक नारायणप्रसाद पन्थले देवकोटाका योगदानको चर्चा गर्नुभयो । काठमाडौंमा १९६६ कार्तिक २७ गते जन्मेका देवकोटाले कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध आदिका माध्यमबाट नेपाली साहित्यको उचाइ बढाएका छन् ।

सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षता र साहित्यकार जङ्गबहादुर शाहको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रममा नेपाली भाषा, साहित्य, बालसाहित्य र लोकसाहित्यको श्रीवृद्धिमा प्राध्यापक डा. कपिलदेव लामिछानेले पु¥याएको विशिष्ट योगदानको कदर गर्दै मीनपद्म पुरस्कारबाट भव्य सम्मान गरियो । समाजसेवी ओमकार गौचनले आफूले स्थापना गरेको पुरस्कारबाट देशकै गौरवशाली व्यक्तित्व लामिछाने सम्मानित भएकोमा आफू अत्यन्त हर्षित भएको र यस्ता कार्यमा आफू थप उत्साहित भएको बताउनु भयो । 

सम्मानित वरिष्ठ विद्वान् लामिछानेले सम्मान र पुरस्कार पाउँला भनेर आफूले लेख्ने नगरेको भए पनि यस्ता सम्मानबाट हौसला बढ्ने बताउनु भयो । साथै वहाँले देवकोटाको पहिलो प्रकाशित कृति समर्पण काव्यको चर्चा गर्नुभयो ।

सोही कार्यक्रममा शिक्षासेवी तथा साहित्यकार ज्ञानदेव हटुवालद्वारा स्थापित विष्णुमाया हटुवाल स्मृति साहित्य पुरस्कार नारी साहित्यस्रष्टा प्रभा भट्टराईलाई अर्पण गरियो । यस्तै योगनाथ आचार्य, तिलक लामिछाने, बाबुराम अर्याल, कृष्णमाया गुरुङ, चन्द्रकान्त भट्टराई, रामप्रसाद बराल तथा अङ्कुर बचत र रूपन्देही क्याम्पसलाई सिद्धार्थ साहित्य सम्मानबाट सम्मानित गरियो ।

प्रमुख अतिथि साहित्यकार जङ्गबहादुर शाहले मानिसले कसैसँग भन्न नसकेका कुरा साहित्यमा व्यक्त गर्न सक्ने हुँदा साहित्यको विशिष्ट महत्व रहेको प्रस्ट पार्नुभयो । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयकी प्रमुख शान्ति सुवेदीले देवकोटाका कविताको नैतिक आदर्श तथा अध्यात्मवादका कोणबाट समेत अध्ययन हुनुपर्ने कुरा गर्नुभयो ।

सो अवसरमा साहित्यकार बूँद राना, ज्ञानदेव हटुवाल, प्रभा भट्टराई, देवेन्द्र घिमिरे, वनमाली निराकार, सुवास रिजाल यात्री, घनश्याम गौतम, नित्यानन्द पाण्डे आदिले सम्मानित स्रष्टालाई बधाई ज्ञापन गर्नुका साथै देवकोटा बारे आआफ्ना धारणा राख्नुभयो । यस्तै, बूँद राना, प्रभा भट्टराई, कविता देवकोटा रिजाल, युवराज शर्मा खनाल, भवेश्वर पंगेनी आदिले रचना वाचन समेत गरेका थिए ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x