साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाली पनि नयाँ बनिसके

Nepal Telecom ad

ठूलै क्रान्तिको बिगुल फुक्छु भन्थ्यो छोरो height=
आफ्नै बिहेमा नरसिंहा फुक्न सकेन
अर्कैलाई मैले ज्याला तिरेर फुकाउनु पर्यो {{read_more}}
सिंगो नेपाल र सप्पै नेपालीको नेतृत्व गर्छु भन्थ्यो
मैले जुटाइदिएका दसबीस जन्तिको नेतृत्व गर्दै दंग पर्यो ।

नयाँ नेपाल बनाउँछु भन्थ्यो
धन्न कसो कसो वर्ष दिनमै 
एउटा नयाँ नेपाली चै बनाइहालेछ
नयाँ नाराले म सिंगो देश र समाज हल्लाउँछु भन्थ्यो
आजभोलि त “हो बाबु हो हो” को नारा लगाउँदै 
कोक्रो पो हल्लाउन थालेछ ।

समाजमा आमूल परिवर्तन ल्याउनुपर्छ त अझै भन्दै छ
उसका गन्हाउने मोजा परिवर्तन गर्ने र धुने काम 
उसकी आमाले गर्दैछ
देश सम्बृद्ध बनाउनुपर्छ पनि भन्दै छ बेला कुबेला
उसका आमसभा र जुलुसमा जान 
गाडीभाडा र खाजा खर्च भने मैसँग माग्दै छ ।

उसले समाजमा परिवर्तन ल्याउने काम 
घरैबाट शुरु गरेको छ
घरमा भएका देवी देवताका फोटा झिकेर 
उसका मृत नेताका फोटाले भरेको छ ।

घरमा भएका 
रामायण, दुर्गा कवच र महाभारतका किताब 
सब रद्दीमा बेचिदियो ।
मेरो पूजाकोठासमेत जिल्दामै रगताम्मे खुकुरी 
र झ्याप्ले विदेशीका फोटो भएका किताबले भरेको छ ।

बिहानै उठेर बुहारी मलाई र उसकी सासूलाई 
मुड्की उज्याएर अभिवादन भन्छिन् ।
मेरी अर्धांगिनी जब राम नाम जप्न थाल्छिन्, 
बुहारी बोल्सेभिक्स क्रान्तिको किताब पाठ गर्न थाल्छिन् ।
छोरो आज कुन नेता को कहाँ 
जुलुस र आमसभा छ भनेर पात्रो हेर्न थाल्छ
अब आज यसले कति खर्च माग्ने हो भन्ने डरले 
मेरो मुटु काम्न थाल्छ
बल्ल बल्ल आज उसलाई कतारको भिसा लाग्यो रे
राम्रै होला भनेको त– 
“बा ! अब हाम्रो माझिखेत बेचौँ” पो भन्न आइपुग्यो
त्यो पैसाले ऊ विदेश जाने रे, 
केही वर्षपछि धेरै पैसा कमाएर ल्याउने रे
घरमा मस्त तरुनी बुहारी छ, 
काखमा दुधे नाति छ, रोगी बुढी छ,
एउटा बुढेसकालको सहारा ठानेको छोरो 
अनिश्चित लक्ष्य लिएर 
अनिश्चित गन्तब्य हिँडेको छ
मेरो मन, मस्तिस्क, शरीर, परिवार, घरको संस्कार 
र पुख्र्यौली सम्पतिमा समेत परिवर्तन त आइसकेको छ ।

कहिलेकाही पावरवाला चस्मा लगाएर 
आफ्ना लुगाका जुम्रा टिप्दै यसो सोच्छु म
मेरा लागि त बिगत क्रान्तिका उपलब्धिहरू 
संस्थागत भईसके
नयाँ नेपाल त बन्यो बन्यो, 
नेपाली पनि नयाँ बनिसके
नेपाली पनि नयाँ बनिसके ।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x