साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्योतिषि विद्या

Nepal Telecom ad

एक दिन एउटा ज्योतिषिलाई  height=
सयको नोट थमाउँदै आफ्नो हात देखाएँ
ज्योतिषिले पनि पावरदार जश्मा नाकमा टेकाएँ {{read_more}}
र भने 
अहिले तिमीलाई राहु र केतु लाग्याछ 
धेरै वर्षपछि शनी पनि जाग्याछ 
तिमीले जेमा हातमा लिए पनि घाटै घाटा हुन्छ 
त्यसैले तिम्रो भाग्य अली पर पर भाग्याछ 
अरुलाई दिएको पैसो पनि नफर्किने हुन्छ 
तर चिन्ता गर्नु पर्दैन 
यो ग्रहगोचरले दुई चार दाम माग्याछ । 

केही महिना पछि
तिनै ज्योतिषिलाई हजारको नोट थमाएँ
हत्त न पत्त ज्योतिषिले मेरो हात समाए
र भने 
अब तिम्रो भाग्य झनझन राम्रो हुँदैछ
भाग्य खराबत बरु अब हाम्रो हुँदैछ
तिमीले जे हातमा लिए पनि ब्यापार बिजिनेस फल्छ 
अब तिम्रो अगाडि न राहु न केतुको कै चल्छ ।  

केही वर्षपछि
तिनै ज्योतिषिलाई दुईचार हजार टक्राएँ
र मेरो हात हेर्नुस् त गुरु भन्दै हात पक्राएँ
ज्योतिषिले हजार नोटले तिर्मिराउँदै भने 
तिम्रो भाग्य अब बत्ती जस्तै झिलिक्क बल्याछ 
राहु केतु अब सुकेको रुख जस्तै ढल्याछ 
तिमीले जे छोए पनि
त्यो त लक्ष्मी भएर आउँछ 
यस्तो भाग्य त साँच्चै भगवानले मात्र पाउँछ 
अब तिमी लाखको के कुरा करोडौं करोडमा खेल्छौ 
तिम्रा चिन्ताका दिन सकिए 
जस्तो सङ्कट पनि झेल्छौ 
तर आफ्नो समस्या भने 
हिजो जस्तो थ्यो आज पनि त्यस्तै थियो 
थाह पाइहाल्नु भो नि अब तपाईले पनि
यी नामी भनेका ज्योतिषिको विद्या कस्तो थियो ? 

दाङ, हाल : काठमाडौं 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x