साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शून्यसंबोधि

Nepal Telecom ad

अरू अङ्क हुन् मान यौटै रहन्छ height=
बसेको छ जो स्थान उस्तै त हुन्छ {{read_more}}
भलै गुन्छ होला कुनै अङ्क अर्को 
कि ता लाइदेला यही शून्य बिर्को ।।

दसौं भाग कि वा सयौं वा हजार
कि वा मान बढ्दै करोडौं बजार
बनोस् मख्ख जस्तै त्यहाँ खेल्छ शून्य
उसैको छ मर्जी छुसी पार्न धन्य ।।

नबुझ्नेहरू शून्य फुस्सा छ भन्छन्
न ता मानका नाम राखेर गन्छन्
यसै बुझ्न सक्ने कुरा हैन शून्य
दुई बीस अध्याय चाहिन्छ बुझ्न ।।

गुने शून्यले शून्य नै पारिदिन्छ
गरे भाग सङ्ख्या अनन्तै बनिन्छ
कुनै अङ्कको बस्न जाँदा पछाडि
दसौं भाग बढ्ने बिकम्मा अगाडि ।।

यहाँ छैन केही यसैबाट बन्छ
सबै नष्ट पारी यसैभित्र जान्छ
जहाँ तर्क हारेर आश्चर्य मान्छ
पुगी पाउमा पर्छ संबोधि हुन्छ ।।

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x