सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शून्यसंबोधि

Nepal Telecom ad

अरू अङ्क हुन् मान यौटै रहन्छ height=
बसेको छ जो स्थान उस्तै त हुन्छ {{read_more}}
भलै गुन्छ होला कुनै अङ्क अर्को 
कि ता लाइदेला यही शून्य बिर्को ।।

दसौं भाग कि वा सयौं वा हजार
कि वा मान बढ्दै करोडौं बजार
बनोस् मख्ख जस्तै त्यहाँ खेल्छ शून्य
उसैको छ मर्जी छुसी पार्न धन्य ।।

नबुझ्नेहरू शून्य फुस्सा छ भन्छन्
न ता मानका नाम राखेर गन्छन्
यसै बुझ्न सक्ने कुरा हैन शून्य
दुई बीस अध्याय चाहिन्छ बुझ्न ।।

गुने शून्यले शून्य नै पारिदिन्छ
गरे भाग सङ्ख्या अनन्तै बनिन्छ
कुनै अङ्कको बस्न जाँदा पछाडि
दसौं भाग बढ्ने बिकम्मा अगाडि ।।

यहाँ छैन केही यसैबाट बन्छ
सबै नष्ट पारी यसैभित्र जान्छ
जहाँ तर्क हारेर आश्चर्य मान्छ
पुगी पाउमा पर्छ संबोधि हुन्छ ।।

काठमाडौं
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल
दलाल

दलाल

रमेश खकुरेल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही
राष्ट्रिय इमान-बे-इमान !

राष्ट्रिय इमान-बे-इमान !

गायत्री परिरोशनी
डुबोस् देश के भो म सत्ता नछाडूँ ।

डुबोस् देश के भो...

घनश्याम रेग्मी
म्याऊँम्याऊँ

म्याऊँम्याऊँ

टङ्कराज ढकाल ‘तितेपाती’