साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जोगी मारे 

Nepal Telecom ad

 height=“जोगी मार” भनी चढे रुख उनी गुल्टे स्वयम् बेसरी 
चिम्टा एक थियो हरे सब हरे जोगी गयो है मरी {{read_more}}
झोली च्यातिन गो कमण्डलु कठै खोसे मिले स्याल ती 
आयो एक बनेल त्यो नगरमा थाले उही आरती

बाठा बानर ती पसे फल टिपे ढाले बुटो मासियो 
तारा चार थिए कठै गगनमा पाताल पो भासियो 
प्यारा “नाथ” अनाथ पो हुनगए त्यो “बन्चरो” झोकियो 
यात्रा एक थियो कठै रहरको गाडी यतै रोकियो

जोगी दाइ अरे गरे खुब गरे माया दिए रामले 
ढाले कम्पन भो अहो गजÞब भो टोपी दिए वामले 
मौकामा शकुनी बने सब बने गाह्रो तगारो भयो 
तात्यो वीर र धीर यो चलनले पारो उकालो गयो

घन्टीको भरमा पुगे शहरमा बोकी उही डायरी 
जोगी कण्ठ सबै गरी गजÞलमा ठोक्ने उही शायरी
जाडो भो अहिले थिएन पहिले कक्षा सबै रोकिए 
को को बाज यहाँ र द्रोण कुन हो नापी सबै जोखिए

कैले भीम र पार्थ यी नगरमा कैले लडे लोभले 
कैले कृष्ण बने र कर्ण कहिले कैले भिडे क्रोधले 
पानीअग्नि यहाँ बिचित्र पन यो मौरी बने कर्मले 
खाए टन्न अहो खुराक सबले आफ्नो उही धर्मले ।

चितवन
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x