धनराज गिरीजोगी मारे

“जोगी मार” भनी चढे रुख उनी गुल्टे स्वयम् बेसरी
चिम्टा एक थियो हरे सब हरे जोगी गयो है मरी {{read_more}}
झोली च्यातिन गो कमण्डलु कठै खोसे मिले स्याल ती
आयो एक बनेल त्यो नगरमा थाले उही आरती
बाठा बानर ती पसे फल टिपे ढाले बुटो मासियो
तारा चार थिए कठै गगनमा पाताल पो भासियो
प्यारा “नाथ” अनाथ पो हुनगए त्यो “बन्चरो” झोकियो
यात्रा एक थियो कठै रहरको गाडी यतै रोकियो
जोगी दाइ अरे गरे खुब गरे माया दिए रामले
ढाले कम्पन भो अहो गजÞब भो टोपी दिए वामले
मौकामा शकुनी बने सब बने गाह्रो तगारो भयो
तात्यो वीर र धीर यो चलनले पारो उकालो गयो
घन्टीको भरमा पुगे शहरमा बोकी उही डायरी
जोगी कण्ठ सबै गरी गजÞलमा ठोक्ने उही शायरी
जाडो भो अहिले थिएन पहिले कक्षा सबै रोकिए
को को बाज यहाँ र द्रोण कुन हो नापी सबै जोखिए
कैले भीम र पार्थ यी नगरमा कैले लडे लोभले
कैले कृष्ण बने र कर्ण कहिले कैले भिडे क्रोधले
पानीअग्नि यहाँ बिचित्र पन यो मौरी बने कर्मले
खाए टन्न अहो खुराक सबले आफ्नो उही धर्मले ।
चितवन
Subscribe
Login
0 Comments
Oldest









































