सुलसुलेकलङ्कीमा हास्यव्यङ्ग्य कार्यक्रम

अनुपम सिर्जना प्रतिष्ठानले हरेक महिनाको तेस्रो शनिबार विधागत सिर्जना वाचनको कार्यक्रम गर्ने गर्छ । फागुन महिनामा हास्यव्यंग्यको पालो थियो । {{read_more}} कार्यक्रम
स्थल एडमार्क कलेजको हल हास्यव्यंग्य सिर्जनाको सरगर्मीले तातेको थियो ।
कार्यक्रममा स्रष्टाहरू डा. बमबहादुर थापा ‘जिताली’, डा. जीवन अधिकारी, जशध्वज गुरुङ, नरनाथ लुइँटेल, डिल्लीराज अर्याल, जितु खड्का, एस. पी. आशाले आÏना सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै, दुर्गा रिमाल ‘अधिकारी’, विनुबाबा घिमिरे, मुकुन्द न्यौपाने, रामचन्द्र वनबासी, ह्दय अधिकारी, सूर्यवदना पण्डित, जगदीश्वर पोखरेल, सूर्यकुमार पण्डित, केशवराज अर्याल, लीलाधर पाण्डे, सीता कोइराला, मनिता बस्नेत ‘खड्का’, अगन्धर अधिकारीलगायतका स्रस्टाले पनि आ–आÏना सिर्जना वाचन गर्नुभएको थियो ।
रमेशप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अतिथि स्रष्टा शीतल गिरीले हास्यव्यंग्य सिर्जनाका बारेमा प्रकाश पार्नुभयो भने आगामी कार्यक्रम गजल विशेष रहने भन्दै महासचिव जगदीश्वर पोखरेलले भावी कार्यक्रमका बारेमा बोल्नुभयो । कार्यक्रमको सञ्चालनमा हुनुहुन्थ्यो प्रतिष्ठानका सचिव जितु खड्का ।
Subscribe
Login
0 Comments
Oldest











































