सुलसुलेघुम्तीको ६४औँ कार्यक्रम

फाल्गुण १२, २०७४, काठमाडौँ, कागेश्वरी मनहराको काँडाघारी चोकस्थित शीतल गिरीको निवासमा उहाँकै आयोजना एवम् सभापतित्वमा घुम्ती कविगोष्ठी नेपालको ६४ औँ शृङ्खला
सम्पन्न भयो । {{read_more}}
बिहान ८ः३० बजे सञ्चालन भएको कविगोष्ठीमा अभिनव साहित्य समाजका अध्यक्ष एवम् घुम्ती कविगोष्ठी नेपालका सल्लाहकार वरिष्ठ साहित्यकार वेदमणि घिमिरेको प्रमुख आतिथ्य रहेको थियो भने अतिथिमा घुम्ती कविगोष्ठीका सल्लाहकार प्रदीप रत्न शाक्य, शैली साहित्य समाजकी अध्यक्ष मञ्जुश्री प्रधान केसी र डा. भक्त राई रहनुभएको थियो ।
घुम्तीका सचिव रामकुमार पण्डित क्षेत्रीद्वारा सञ्चालित यस कार्यक्रममा घुम्ती कविगोष्ठीका उपाध्यक्ष परशुराम पराशर, कोषाध्यक्ष डिल्लीप्रसाद मूलतिहुन, कवि भुवन शिवाकोटी चौघरे, विजय तामाङ ‘विश्वास’ डिल्लीराज अर्याल प्रदीप मैनाली, गोपाल नेपाल, नीराजन तिमल्सिना लगायत अतिथि समेतले कविता गीत र गजल वाचन गर्नुभएको थियो ।
गोष्ठीमा वाचित रचनाहरूको समीक्षा भने वेदमणि घिमिरेले गर्नुभएको थयो । कविताका विषयवस्तु, अर्थालङ्कार, रस, अलङ्कार आदिको व्याख्याविश्लेषण सहित गरिएको समीक्षा महत्वपूर्ण थियो ।
Subscribe
Login
0 Comments
Oldest











































