साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुईथोपा हाँसो अभियानको तेश्रो शृंखला सम्पन्न

Nepal Telecom ad

सिस्नुपानी नेपालले वैदेशिक रोजगारीमा रहेका श्रमशील नेपालीहरूलाई लक्षित गरी विभिन्न देशहरूमा अभियानकै रुपमा सञ्चालन गर्दै आएको ‘दुई थोपा हाँसो’ कार्यक्रमको तेस्रो शृंखला {{read_more}} height= ओमानको राजधानी मस्कटमा यही फागुन ५ गते सम्पन्न भएको छ । श्रमिकहरूलाई कार्यस्थलमै पुगेर विभिन्न जनचेतनामूलक सन्देश सहित स्वास्थ्य परामर्श एवं मनोरन्जन दिने उद्देष्यले विगत तीन वर्षदेखि सन्चालित यो कार्यक्रमको तेस्रो शृंखलाको आयोजना सिस्नुपानी नेपाल र गैर आवासीय नेपाली संघल गरेका हुन् भने सम्वन्धित देशका राजदूतावासहरूले कार्यक्रमको संयोजन गरेका हुन् । श्रमिकहरू बस्ने क्याम्पक्याम्पमै गई निःशुल्क रुपमा सन्चालन गरिएको कार्यक्रमलाई सफल बनाउन नेपाल पर्यटन बोर्ड, नेपाल रास्ट्र बैंक, स्वास्थ्य वीमा बोर्ड तथा ग्लोबल आईएमई बैंकको पनि महङ्खवपूर्ण सहयोग रहेको छ । 

२०७४ माघ १८ देखि फागुन ६ गतेसम्म तीन हप्ता संयुक्त अरब इमिरेट्स्, बहराइन र ओमानमा कार्यरत श्रमशील नेपालीहरूमाझ प्रस्तुत गरिएको यो कार्यक्रम ती देशका विभिन्न राज्य र शहरहरूमा आयोजना गरिएको थियो । 
माघ १८ गते यूएईको राजधानी अबुधाबीबाट शुरु भएको यो शृङ्खला दुबई, एलेन, शारजहाँ हुँदै माघ २२ गते सोमबार फुजेरामा पुगेर युएई संस्करण सम्पन्न भएको थियो । युएइमा आयोजित कार्यक्रमहरूमा नेपाली राजदूतावास आबुधाबीका कार्यबाहक राजदूत सागर फुयाँलले विशेष अतिथिको रुपमा सहभागिता जनाउनुभएको थियो भने गैर आवासी नेपाली संघका केन्द्रीय, क्षेत्रीय तथा स्थानीय पदाधिकारीहरूकासाथ हजारौँको संख्यामा नेपाली श्रमिकहरूले सहभागिता जनाएका थिए । 

त्यसैगरी फागुन ३ गते बहराइनको अस्करमा रहेका श्रमिकहरूका क्याम्प क्षेत्रमा कार्यक्रम आयोजना गरिएको थियोे । कार्यक्रमको प्रमुख अतिथिमा बहराइनमा लागि नेपाली राजदूत पदम सुन्दास हुनुहुन्थ्यो । हजारौँको संख्यामा दर्शकहरूको सहभागिता रहेको कार्यक्रम राति १० बजेसम्म चलेको थियो । 

फागुन ४ गते ओमानमा एकैदिन दुई स्थानहरूमा भव्यताका साथ कार्यक्रम आयोजना गरियो । ओमानको राजधानी मस्कट स्थित बर्का र बादिकविरमा आयोजित कार्यक्रममा सयौँको संख्यामा श्रमिक महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो । फागनु ५ गते ओमानको मदिना, काबुशमा यस शृंखलाको अन्तिम कार्यक्रम त्यस्तै भव्यतापूर्वक सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली उपस्थित हुनुहुन्थ्यो भने गैर आवासीय नेपाली संघका पदाधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लगायत सयौँको संख्यामा श्रमशील नेपालीहरू कार्यक्रमबाट लाभान्वित भएका थिए ।    

सबै कार्यक्रमहरूमा श्रमशील नेपालीहरूले उत्साहपूर्बक सहभागिता जनाएर समसामयिक राजनीतिक, प्रसाशनिक, सामाजिक क्षेत्रमा बिद्यमान बिकृति र बिसङ्गतिमाथिको प्रहार तथा स्वास्थ्य परामर्श एवं अन्य सचेतनाका प्रस्तुतिहरूलाई रुचिपूर्वक श्रवण गरी आनन्द लिएका थिए ।

सिस्नुपानी नेपालका अध्यक्ष तथा व्यङ्ग्यकार लक्ष्मण गाम्नागे, उपाध्यक्षद्वय कवि अर्जुन पराजुली र कलाकार मनोज गजुरेल, महासचिव टंक आचार्य, जनस्वास्थ्य विशेषज्ञ एवं लेखक डाक्टर रबिन्द्र समीर सहित पाँच सदस्यीय सिस्नुपानी टोलीका साथ केही स्थानीय प्रस्तोताहरूले पनि यो अभियानमा भाग लिएका थिए । 
कार्यक्रमहरू सम्पन्न गरी सिस्नुपानी नेपालको समूह फागुन ६ गते स्वदेश फर्कियो । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x