साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गोङ्गबु साहित्य समाजको २२ औं शृङ्खला 

Nepal Telecom ad

गोङ्गबु साहित्य समाजको २२ औं नियमित काव्य वाचन शृङ्खला लुनार स्कुलमा सम्पन्न भयो ।  {{read_more}} वरिष्ठ कथाकार भागिरथी श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा बरिष्ठ कथाकार माया ठकुरी, नियात्राकार मन्जु निरौला, प्रेस काउन्सिलका चेतनाथ धमला, प्रकाश सुवेदी, लुनार स्कुलका प्र.अ बलराम भट्ट, योगगुरू पदम दोङ्ग, संसाक मासिकका सम्पादक उमेश पाण्डे, चन्द्रागिरी साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कन, शताब्दी साहित्य प्रतिष्ठानकी अध्यक्ष अन्जना पौडेल, डा.सत्यराज धपलिया, जसध्वज गुरूङ, राधा नेपाल, राजेश खोटाङ्गे, रबिन नेपाल, नारायणप्रसाद चौलागाई, केदारनाथ पाठक, आधुनिक साहित्य परिषदका सचिव दामोदर ढकाल दिप, उतम बिचार, सिद्वान्तराज प्रयास, लक्ष्मी बस्नेत, सानु शर्मा, बासु ठकुरी, हरिप्रसाद पाण्डेय, भोलानाथ डल्लाकोटी, दुर्लभ शाह त्यागी, विनोद के.सी., दीक्षा भण्डारी, पृथक हिमाल ओली, अन्चल वान्तवा, विकाश थापा, श्याम लिम्बु, टंकबहादुर खत्री, लगायतले आ–आफ्ना रचना वाचन गर्नु भएको थियो ।

कार्यक्रमा संस्थाकी सचिव तारा के.सी.ले सभापतित्वमा गर्नुभएको थियो भने संस्थाकी कोषाध्यक्ष चन्दा न्यौपानेले कार्यक्रम संचालन गर्नुभएको थियो । संस्थाकी अध्यक्ष द्वारिका कुइकेल र उपाध्यक्ष सीता बिष्ट कार्कीले अतिथिहरूलाई खादा ओडाएर सम्मान गर्नु भएको थियो । संसाक मासिकका सम्पादक उमेश पाण्डेलेले स्वागत मन्तव्य राख्नु भएको थियो । 

त्यसैगरि प्रमुख अतिथि भागिरथीबाट रोजी उपन्यासका लेखक विकाशबाबु थापालाई खादा ओडाएर सम्मान गर्नु भएको थियो । 
२०७४÷१०÷२७
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x