साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिषद्को ४६ औं छन्द सङ्गम सम्पन्न

Nepal Telecom ad

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको द्वैमासिक नियमित छन्द सङ्गम कार्यक्रम शुक्रबार घोराहीमा सम्पन भयो । {{read_more}}शाखा अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता र साहित्यकार उत्तमकृष्ण मजगैयाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कविहरू उत्तमकृष्ण मजगैयाँ, खगराज न्यौपाने, नगेन्द्र गुरु, गिरिप्रसाद पन्थी, कमलमणि देवकोटा, खेमराज मल्ल, कमला रिजाल, डा.लोकराज पराजुली, टीकाराम उदासी आदिले आफ्ना रचनाहरू सुनाउनु भएको थियो । 

सो अवसरमा विशिष्ट अतिथिका रहनुभएका राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरुषोत्तम खनाललगायतले आआफ्ना विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रम शाखा उपाध्यक्ष नगेन्द्र गुरुको स्वागत तथा सचिव शारदा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको छायाँङ्कन फोटो पत्रकार केशव मजगैयाँले गर्नुभएको थियो । २०६७ सालदेखि प्रारम्भ भएको छन्द सङ्गमको यो ४६ औं शृङ्खला हो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x