साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काव्य मुशायरामा खत्री र खनाल

Nepal Telecom ad

काव्य मुशायराको द्वैमासिक शृङ्खला अन्तर्गत ११ औँ शृङ्खलामा लामो समय कोरिया बसेर आएका कवि जीवन खत्री र कोरिया जाँदै गरेका  height=गजलकार सञ्जय खनाल सुनिएका छन् । {{read_more}}

शनिबार, मण्डला थिएटरमा कवि जीवन खत्रीले प्रवासमा बसेका नेपालीहरूलाई ईङ्गीत गर्दै ‘आग्रह’ शीर्षकको कविता सुरुमा सुनाए । उनले देशका नागरिकहरू जहाँ भएपनि फरक पर्दैन तर जहाँ पुगेपनि आफ्नो माटो, देश र आमा भुल्न नहुने कुरा कवितामा कलात्मक तरिकाले प्रस्तुत गरे ।

थाहा छ मलाई, तिमीले पनि बुझेकै छौ देश
बरू सबैलाई गाएर सुनाईदिनु

एक एक अन्तरा बुद्धको गीत
र भन्नु तिमीले अरूलाई पनि
हामी जहाँ रहेपनि सबैभन्दा नजिक हुनुपर्छ,

‘आमा, माटो र देश’
‘आग्रह’
उनले ययो कविता सुनाई रहँदा हलमा निक्कैबेर ताली बजीरह्यो ।

उनले लगत्तै आफ्नो कविता ‘आमाहरूको गन्थन’ वाचन गरे, त्यसपछि उनले ‘एउटा खस्रो चित्र’ वाचन गरे र दर्शकको वान्समोर पाए । ‘बेहाल खबर’ शीर्षक कवितामा उनले हालखबर सोध्ने समयलाई आफू र देशलेनै बेहाल खबर बाँचीरहेकाले बेहाल खबर सोध्न आग्रह गरे ।

‘बालुवाको मरूभूमिबाट’ शीर्षक कवितामा कवि खत्रीले खाडीमा बस्ने लाखौँ नेपालीको पीडा पोखे । आफू पनि झण्डै ५ वर्ष कोरिया बसेर आएका उनले कवितामा आफूले भोगेको पीडा लेखेको बताए ।

आगो गलत हैन्, तर आगो जलाउने मान्छेले गलत ठाउँमा जलाउँदा गलत परिणाम हुन्छ भन्ने भावको उनको कविता ‘आगोको वर्णमाला’ले हल निक्कैबेर शान्त भयो ।

‘जल्नु जलाउनु मेरो धर्म,
तर किन उठायौ मेरो गल फाईदा ?
किन सल्कायौ मलाई फूलहरूको घाँगरमा ?
किन जलायौ मलाई चराहरूको गुँडमा ?
यात्रुहरू बोकि हिँड्ने बसमा
पेट्रोल छर्केर किन सल्कायौ मलाई ?
‘आगोको वर्णमाला’

जीवन खत्रीले अन्त्यमा भीरफूल शिर्षक कविता सुनाए ।उनले कविता सुनाइरहँदा स्रोता र दर्शकको मुखबाट ‘वाहवाह’ निस्किरह्यो । बीच बीचमा ताली पनि बजीरह्यो ।

गजलकार सञ्जय खनालले पनि आफ्ना गजलका शेरहरूबाट माहोल तताए ।
धेरै भयो छातीमा उनको आगमन नभएको
मलाई लागिरह्यो मेरो दुश्मन नभएको
यो राजधानीलाई हेर्यौ भने थाहा पाउनेछौ
कति कुरुप हुन्छ घर आगन नभएको
उनले यी शेरहरू वाचन गरीरहँदा दर्शक दिर्घा जुरुक्क उचालियो । र वान्समोर पायो ।

नआउनु पर्ने थियो बिश्वासमा ढुङ्गा बनेर
सम्बन्ध भत्कियो झन् खासमा ढुङ्गा बनेर

जिन्दगी हल्लिएको दात भन्ने थाहा पाएपछि
समय आईरहेछ प्रत्येक गासमा ढुङ्गा बनेर

आगनबाट हिडेर यहि समाजमा बसेर
दुश्मनी आयो चिनेको आवाजमा बसेर

आमा आकासमा हेरेर आसु बगाउदैछिन्
छोरा गईरहेछ खाडिको जहाजमा बसेर

वाचन कार्यक्रम तीन चरणमा भएको हो । प्रत्येक चरणमा कवि खत्रीले दुई रदुई र अन्तिम चरणमा तीन गरी सात कविता सुनाए र गजलकार खनालले प्रत्येक चरणमा चार चार गजल गरी बाह्र गजल सुनाए । आयोजकले कवि, गजलकारलाई मायाको चिनो समेत प्रदान गरेको थिए ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x