साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिम्मेवारी

Nepal Telecom ad

काठमाडौँ— ‘हेलो । हेलो । यो अखबार कार्यालय हो ?’ ‘हो, के भन्नुछ, भन्नोस् ।’ प्रधान सम्पादकज्यू हुनुहुन्छ ?‘ {{read_more}} अहिले height= हुनुहुन्न, उहाँ ।’ ‘कहाँ जानु भएको छ प्रधानसम्पादकज्यू ?’ ‘उहाँ जरुरी कामले बाहिर जानुभएको छ ।’ ‘कहिले फर्कनु हुन्छ ?’ ‘यो भन्न सकिंदैन ।’
‘आज फर्किनु हुन्न कि ?’
‘होइन, फर्किनु हुन्छ ।’
‘उहाँसँग काम थियो ।’
‘के काम थियो, मलाई भन्नोस् ।’
‘तपाईं को बोलिरहनु भएको छ ?’
‘म उहाँको पिए ।’

‘ए, पिएसाब !’
‘अनि तपाई को नि ?’
‘हुन त म सानोतिनो मानिस हुँ, तर एउटा ठूलो खबर दिनु थियो ।’
‘कस्तो ठूलो खबर ?’
‘एकदमै महत्वपूर्ण खबर हो पिएसाब ।’

‘त्यही त, के महत्वपूर्ण खबर ?’
‘नेपाली कांग्रेसको खबर हो ।’
‘नेपाली कांग्रेस पार्टीको खबर ?’
‘नेपाली कांग्रेस पार्टीको हारको खबर ।’
‘ए, कांग्रेसी हारको खबर ?’
‘हजुर, कांग्रेसी हारको खबर हो ।’
‘त्यसो भए, तपाईं हाम्रो अर्काे सम्पादकसँग कुरा गर्नोस् ।’
‘कुन चाहिँ सम्पादकसँग पिएसाब ?’
‘सहायक सम्पादकसँग, उहाँ नै अखबारको खबर प्रमुख हुनुहुन्छ ।’
‘अहिले म सहायक सम्पादकज्यूसँग कुरा गर्न सक्छु पिएसाब ?’
‘हुन्छ, म उहाँलाई बोलाइदिन्छु ।’
(अलिक बेरपछि)

‘के भन्नु छ मसँग, भन्नोस् ।’
‘सहायक सम्पादकज्यू बोलिरहनु भएको हो ?’
‘म बोलिरहेको छु, के काम छ ?’
‘एउटा महत्वपूर्ण खबर थियो ।’
‘के महत्वपूर्ण खबर ?’
‘नेपाली कांग्रेसको खबर हो सहायक सम्पादकज्यू ।’
‘तपाईं मलाई खबर भन्नोस् महाशय ।’
‘अहिलेको चुनावमा भएको हारको जिम्मेवारी लिने कुरा हो सहायक सम्पादकज्यू ।’

‘यसको जिम्मा पार्टीको केन्द्रिय कार्य समितिले लिएको होइन र ?’
‘हुन त हो, तर असली कुरो यो होइन सहायक सम्पादकज्यू ।’
‘तपाईं प्रष्टाप्रष्टी भन्नोस्, कुरो के हो ?’
‘असलमा हारको जिम्मेवारी न ता हाम्रो सभापतिज्यू शेरबहादुर देउवा हो न वरिष्ठ नेता रामचन्द्र पौडेलजी नै र अहिले पूरै जिम्मेवार भनिएको केन्द्रिय कार्य समिति त विलकुलै हुँदै होइन ।’
‘यो सबै तपाईंलाई कसरी थाहा भयो ?’

‘म यसको पूरा जानकारी राख्ने व्यक्ति हुँ सहायक सम्पादकज्यू ।’
‘तपाईं सबै कुरो खोलेर भन्नोस् महाशय, कुरो के हो ?’
‘सुन्नोस्, म कांग्रेसको केन्द्रिय कार्यालयकै मानिस हुँ सहायक सम्पादकज्यू, मलाई सबथोक राम्ररी नै थाह छ ।’
‘ठीक छ, अब भन्नोस् ।’
‘म सधैं पार्टी कार्यालयको सफाइ गर्ने गर्छु, एक विहान सफा गर्दागर्दै के थाहा पाएँ भने मैले सफाको साटो साफ पो गरेको रहेछु त !’
‘के साफ ?’
‘सहायक सम्पादकज्यू, कुरो के हो भने पार्टी कार्यालयको धूलो र फोहोर सँगसँगै त्यहाँको जम्मै विचार, चरित्र, इमानदारी, निष्ठा, नीति, सिद्धान्तहरू पनि स्वाट्टै साफ भएको रहेछ ।’
‘कस्तो साफ ?’
‘साफ भनेको तपाईलाई थाहै होला सहायक सम्पादकज्यू, खाली, रित्तो, समाप्त, शून्य, खोक्रो, खत्तम ।’
‘होइन, तपाईंको महाशय ?’
‘म, म नेपाली कांग्रेस पार्टी कार्यालयको पुरानो पिउन बिर्खबहादुर, हजुर ।’
‘हँ, पिउन बिर्खबहादुर ?’
‘हजुर, मेरो जिम्मा दिनदिनै पार्टी कार्यालयको सफाइ गर्नु हो, तर मैले यो सफाइ 
गर्दागर्दै पार्टीको विचार आदि पनि आफ्नो कुचोले बढारेर साफ गरिदिएछु सहायक सम्पादकज्यू ।’
‘कुचोले बढारेर ?’

‘तर यो मसँग जानाजानी भएको होइन सहायक सम्पादकज्यू, मैले थाहै नपाई अनजानमा सबै साफ गरेको हुँ ।’
‘अनजानमा…….!’
‘हजुर, तर अनजानमा भए पनि म पार्टी कार्यालयको पिउन बिर्खबहादुर नेपाली यो कांग्रेसी हारको पूराका पूरा जिम्मा लिन्छु ।’
‘होइन, तपाई के भनिरहनु भएको छ महाशय ?’
‘म जे भनिरहेको छु, एकदमै सत्य भनिरहेको छु, त्यसैले मेरो यो जिम्मेवारीको खबर अखबारमा छापिदिनुपर्यो सहायक सम्पादकज्यू ।

कान्तिपुर, वैशाख २२, २०७५ 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
आमाको अदालत

आमाको अदालत

नन्दलाल आचार्य
चंखेको खसी खाने जुक्ति

चंखेको खसी खाने जुक्ति

सुरेशकुमार भट्ट
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x