साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ड्याम्मै एकता

Nepal Telecom ad

कम्युनिस्ट पार्टी स्थापना दिवस र लेनिन जयन्ती भनेर मनाइएको कार्यक्रमले एमाले र माओवादी केन्द्रको एकतालाई टुंगोमा र्पुयाउने देखियो ।  height={{read_more}} त्यो कार्यक्रमको ब्यानर काण्डले ड्याम्मै पार्टी एकता गर्न उनीहरूलाई थप प्रेरणा मिलेको छ ।

त्यो दिन हलमा हंगामा हुनु स्वाभाविकै थियो । किनभने, त्यो कार्यक्रमको ब्यानर नै पक्षपाती थियो । लेनिन जयन्तीको ब्यानरमा लेनिनको ठाउँमा मदन भण्डारी र माक्र्सको ठाउँमा मनमोहनको तस्बिर छापिएको थियो । एउटा पार्टीका आधा दर्जन दिवंगत आत्माहरूका तस्बिर टाँसिएको ब्यानरमा अर्को पार्टीका एउटैको तस्बिर थिएन । एकता गर्न लागेका दुई पार्टीका नेताहरूको तस्बिरमा पनि एक जनाको तस्बिर झन्डै आधा इन्ची सानो थियो । तस्बिर पनि एउटा उज्यालो, हँसिलो अर्को अँध्यारो, रुन्चे थियो ।

यस्तो पक्षपात भएपछि कार्यकर्ताले हंगामा गर्नु स्वाभाविक थियो । हंगामापछि नयाँ ब्यानर त ल्याइयो । तर, त्यसमा पनि असमानता कायमै थियो । एउटा ब्यानर सोझो, चिल्लो र आकर्षक थियो, अर्को बांगोटिंगो, खुम्चिएको र लुत्रुक्क परेको । कार्यकर्ताले भइगो मरोस् भनेर छाडेका अरू पनि थुप्रै असमानता ब्यानरमा थिए । हुँदाहुँदा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पनि पक्षपात प्रस्टै देखियो । प्रचण्डलाई पहिला बोल्न लगाएर ओलीलाई पछि बोल्न दिइयो । मानौँ, ओलीचाहिँ प्रमुख अतिथि हुन् र प्रचण्डचाहिँ दोस्रो तहका अतिथि । दुवै नेतालाई सँगसँगै बोल्न दिनुपर्ने थियो अथवा चिट्ठा गरेर पालो मिलाउन सकिन्थ्यो । भाषण गर्ने क्रममा पनि घडी हेरी–हेरी ओलीले प्रचण्डको भन्दा १५ मिनेट बढी बोलेर पेले । दाह्रा किट्दै भए पनि कार्यकर्ताले खपे, थप उपद्रो गरेनन् ।

एकताका लागि दुवै पार्टीका नेता–कार्यकर्ता अब तयार भएछन् भन्ने ब्यानर काण्डले प्रमाणित र्गयो । त्यत्रो हंगामा हुँदा पनि कुटाकुट, मारामार केही भएन । अनेकौँ असमानताका बाबजुद पनि दुइटा ब्यानर टाँगेर मजाले कार्यक्रम गर्न सकिने रहेछ भन्ने छर्लंग भयो । नेताहरूले दुइटा ब्यानरमुन्तिर उभिएर एकता नगरी नछाड्ने भाषण गरे । दुवै नेताले दृढतापूर्वक भने, ‘अब पछि फर्किने ठाउँ छैन । फर्किने खोलाको पुल उडाइसकिएको छ । एकताबाट तल झर्ने र्भयाङ लडाइसकिएको छ । खुट्टा काटेर भए पनि एकताको जुत्ता नलगाई सुखै छैन ।’

अब पार्टी एकता हुन कुनै समस्या बाँकी रहेन । पार्टीमा दुई जना अध्यक्ष राख्ने निर्णय भइसकेकै छ । अब पार्टीका सबै कमिटीमा दुई जना अध्यक्ष, दुई जना उपाध्यक्ष, दुई जना सचिव र दुई जना कोषाध्यक्ष राखेर कमिटी बनाउँदा सहजै एकता हुने देखियो । सदस्यहरू पनि दुवैतिरबाट बराबरी राखेर कमिटीहरू बनाउँदा सबैले काम पनि, सम्मान पनि पाउनेछन् । यसो गर्दा बेलाबेला कुटाकुटै गर्नुर्पयो भने पनि समानतामा आधारित कुटाकुट हुनेछ । कार्यालयहरू पनि दुइटा र परिचयपाटी पनि अलग–अलग राखिराख्नु उपयुक्त हुनेछ । यो अत्यन्तै दूरदर्शी निर्णय हुनेछ । एकता भएको केही महिना वा वर्षमा आखिर फुट्नु नै छ । यसप्रकार गरेका एकताले फुटेपछिलाई साह्रै काइदा हुनेछ । फेरि नयाँ कमिटीहरू गठन गरिरहने झन्झट हुने छैन । कार्यालय खोजिरहने झमेला हुने छैन । फुटेको घोषणा मात्र गरे पुग्छ । कुनै दिन फेरि ड्याम्मै फुट्नु छँदैछ भने एकता गर्न किन ढिलो गर्नु कमरेडहरू ! ड्याम्मै एकताको घोषणा गर्दिनोस्, अब दुइटा ब्यानर टाँगेर ।

नेपाल, वैशाख १६, २०७५
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x