साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुटु 

Nepal Telecom ad

गजल मुक्तक लेख्नलाई ठूलो मुटु हुनुपर्छ  height=
मुटु भित्रै टुँडिखेल र ठूलो होटल हुनुपर्छ {{read_more}}

आउँछन् जान्छन मुटुभित्र, कसैलाई बास दिनुपर्छ 
बेलाबेला मुटुभित्र आगो पनि फुक्नुपर्छ 

आउँछन् कोहि मुटु साट्न कहिले आफैं जानुपर्छ 
साटा साट्मा साटिएला आफ्नो मुटु चिन्नु पर्छ  

चिर्नुपर्छ, पोल्नुपर्छ मुटु दाउरा जस्तै 
मुटुको त्यो धुवाँ धुलो आँसु बनाई पोख्नुपर्छ 

मुटु चोर्न आउने हुन्छन्, भेट्नु समाई राख्नुपर्छ 
कोहि फेरि यस्ता आउँछन्, बोलाइ बोलाइ दिनुपर्छ 

कोहि बिझ्छन्  मुटुभित्र कोहि भिज्छन् पनि 
कसैलाई आफैं छाता ओढाई ओढाई राख्नुपर्छ 

मुटुमा नै बाण हान्छन्  मुटुले बाण हान्नुपर्छ 
मुटुभित्र भिडमभिडको व्यवस्थापन जान्नुपर्छ 

कहिले मुटु दुख्छ मात्रै कहिले फुट्छ झर्छ
टप्प टिपी त्यहि मुटु जतन गरि राख्नुपर्छ 

कोहि आउँछन् मुटु खान, टन्न लौ खा दिनुपर्छ
कलेजो नि खाने हुन्छन छानी छानी  दिनुपर्छ 

कोहि मुटु घ्याप्पै खान्छन कोहि कुटु कुटु 
कोहि मुटु चाट्न आउँछन्, सबलाइ भाग दिनुपर्छ 

मुटुलाई के बारबन्देज, खुल्लम खुल्ला छोड्नुपर्छ 
मुटुलाई छेक्न आए टुँडिखेल बार तोड्नुपर्छ 

कहिले मुटु ढुङ्गा हुन्छ  कहिले मुटु नौनी  
मुटुको यो रुप फेर्ने मान्छे– मौका चै चिन्नुपर्छ 

माया पिर्ती मुटु भित्र मुटुकै छ संसार  
मुटुलाई भरि राख्न रित्तो फोक्सो चल्नुपर्छ

काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x