साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रको समुद्घोषण

Nepal Telecom ad

तन्त्रहरूको भीडमा height=
म गणतन्त्र ! {{read_more}}

हलो जोत्थिस्, जोत्दैछस्
कलम ठोस्थिस्, ठोस्दैछस्
चक घोट्थिस्, घोट्दैछस् 
रिन्चीपिन्ची चलाउँथिस्, चलाउँदैछस्
हँसिया हथौडा चलाउँथिस्, चलाउँदैछस्
रिक्सा चलाउँथिस्, चलाउँदैछस्
गाडी चलाउँथिस्, चलाउँदैछस्
थुतुनो चलाउँथिस्, चलाउँदैछस्
हेरिराख बाबै !
तन्त्रहरूको भीडमा
म गणतन्त्र !

भक्तिभाव देखाउँथिस्, देखाउँदैछस्
उहिले राजाको
अनि अहिले पनि राजाको
धत् लम्फूहरू !
उसले राजतन्त्र भन्थ्यो
म गणतन्त्र भन्छु
ऊ जे गथ्र्यो, म त्यही गरिरहेछु
उसले आफूलाई श्री ५ भन्थ्यो
कोही श्री ३ पनि भन्थ्यो
मलाई त्यस्तो कुनै श्री चाहिँदैन
श्रीपेच चाहिँदैन
कुनै बेला, म जङ्गल–जङ्गल घुम्थेँ
ऊ दरबारमा बस्थ्यो
अहिले ऊ जङ्गलमा बस्छ
म दरबारमा हालीमुहाली गर्छु 
सट्टीपट्टी गरेको पो
ऊ राजा म राजा
म राजा ऊ राजा
बानीबेहोरा साझा
शब्दमा फरक छ
सारमा फरक भए
भ्याइसक्थेँ अहिलेसम्म 
हेरिराख बाबै !
तन्त्रहरूको भीडमा
म गणतन्त्र !

हो ऊ अलिक बढी नै मानमनितो खोज्थ्यो
म के कम छु ?
हो ऊ अलिक बढी नै धन थुपाथ्र्यो
अनि म के कम छु ?
हो ऊ अलिक बढी नै स्वेच्छाचारी थियो
अनि म के कम छु ?
हो ऊ अलिक बढी नै दमनकारी थियो
मुले ! अनि म के कम छु ?
तन्त्रहरूको भीडमा
म गणतन्त्र !

हो ऊ आफू एक थियो
र उसका आसेपासे धुपौरे धेरै
म अनेक र मेरा आसेपासे र धुपौरे झन् धेरै
ऊ कठोर थियो होला
उसलाई आफ्नो प्रतिरक्षा गर्न कठिन थियो 
म बेतलौरी 
बोतलमा छिर्न सक्ने
ट्वाइलेटको प्वालबाट छिर्न सक्ने
उसका विकल्प कम थिए सङ्कल्प बढी
मेरो सङ्कल्प कम छ विकल्प बढी
ऊ केके तन्त्र 
तन्त्रहरूको भीडमा
म गणतन्त्र !

ए लोक !
ए अबुझ शठहरू !
सधैँ यस्तै रहू
नाथे, मुलेहरू
हली, ज्यामीहरू !
केके नै ल्याएँ भन्ने बकम्फुसेहरू !
गणतन्त्रको लडाइँमा गोली खानेहरू !
गाली खानेहरू !
जेल पर्नेहरू !
नेल हत्कडी पर्नेहरू !
लाछी, मर्नेहरू !
तँ साला, सारा दरिद्रहरू ! 
जपिराख् गणतन्त्रको माला
घोकिराख् गणतन्त्रको नाम
मरिराख् मेरो नाममा
नयाँ तन्त्र 
तन्त्रहरूको भीडमा
म गणतन्त्र !

ए लोक ! 
खा कि नखा
ला कि नला
ओतिई कि नओतिई
मलाई के सरोकार ! 
म गणतान्त्रिक सरकार ।
तब न
तन्त्रहरूको भीडमा
म गणतन्त्र !

म नारा दिएरै आको
नारा दिइरहेछु 
लोकतन्त्रको
समानताको
मानवाधिकारको
समृद्धिको
गरिखाने तेरो काम
नारा दिने मेरो काम
तन्त्र त तन्त्रै हो बुझिस् 
तन्त्रहरूको भीडमा
म गणतन्त्र !

भैरहवा
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कविजी

कविजी

डा. कपिल लामिछाने
सावित्री

सावित्री

डा. कपिल लामिछाने
जेनजीको छाता

जेनजीको छाता

डा. कपिल लामिछाने
समर्थनकाे ‘बदनाम आँचल’ : हास्य र व्यङ्ग्यको पुरिया

समर्थनकाे ‘बदनाम आँचल’ :...

डा. कपिल लामिछाने
डम्बर घिमिरे : मुक्तक, हास्य र व्यङ्ग्यको त्रिवेणी

डम्बर घिमिरे : मुक्तक,...

डा. कपिल लामिछाने
दाँत

दाँत

डा. कपिल लामिछाने
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x