साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विनाशकाले विपरीत बुद्धि

Nepal Telecom ad

पाषाण भिज्दा पनि हुन्छ साह्रो height=
आफन्त को हो पहिचान्न गाह्रो ।
व्यापार चल्ला नभएर क्रेता
भागी हिँडे बन्दछ को विजेता ?

तर्साउने कोसिस गर्छ आई
नाङ्लो ठटाई गजराजलाई ।
तिहार आउन्न दसैँ नआई
फलामले काट्छ फलामलाई ।।

आशा भरोसा छ सबै ढलेको
छ देश ‘विप्रेषण’ले चलेको ।
बाँकी चलाए अनुदानबाट
सत्ता कहाँ चल्छ इमानबाट ?

जो हुन्छ सत्ता सरकार पास
मौका मिले पार्दछ सत्यनाश ।
‘अहम्’ जुधी युद्ध ठुलो भएर
लङ्का डढाए ’हनुमान्’ गएर ।।

खाडी पुगेको छ युवा जमात
सन्तान रून्छन् नपुगेर भात ।
बच्चा ऋणी बन्दछ पेटबाट
के आश गर्ने र बजेटबाट ?

आफन्तले थाप्छ सधैकक धराप
सोझो बनी गर्दछ भित्र पाप ।
छर्केर गोमूत्र हुँदैन शुद्धि
‘विनाशकाले विपरीत बुद्धि ।।’

सुर्खेत

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x