निर्मोही शङ्कर पाठकनक्कलमा दख्खल
अभद्रम्मस्तु भै सारा, छाडा पन बढ्यो अति ।
नर नारी सिमा पारि, धमिराले सक्यो मति ।। {{read_more}}
चौबन्दी फरिया चोली, भोटो दौरा कछाड ती ।
हेर्ने छुने परै जावस, नलिने नाम एक रति ।।
पुराना जति छन् भेस, हेलित भई खस्किए ।
नितम्ब बक्ष नाईटो, दर्शनका निम्ति पस्किए ।।
साधुकै सोझियो दृष्टि, अर्धनङ्गा भए तिर ।
सुन्दरी कोमलाङ्गीका झुकेनन् लाजले शिर ।।
मैलो झुत्रो लगाए झैं, पर्दामा छाँट पार्दछन् ।
चिल्लो गाडी सयर्मारी, निर्धालाइ हकार्दछन् ।।
फलाक्ने साग सिस्नूचैं, भान्सामा कुखुरा खसी ।
चम्चा प्लेट शिशी साथ, नखान्छन् आसनै बसि ।।
भाषा बेतुकका बोलि, नखरा पारि छिल्लिए ।
लाखमा एक लन्ठूले, करोडौं जन जिल्लिए ।।
खानपान र बोलिको, अति भो हेर ! नक्कल ।
बालकिशोर युवा प्रौढ, देखिए झन दख्खल ।।
यस्तरि पारियो खाल्डो,समाज भो बिखन्डन ।
जस्ले खन्यो उही पर्छ, भन्थे र े! ज्ञानि सज्जन !!
कोसीदेखा, काभ्रे
Subscribe
Login
0 Comments
Oldest





































