साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नबुझ्नु गाह्रो बुझ्यो झन गाह्रो

Nepal Telecom ad

काम गर्नका लागि पहिला त काम कस्तो हो ? कसरी गर्ने ? भन्ने बुझ्नु पर्छ । नबुझिएको काम गर्न गाह्रो हुन्छ । {{read_more}} तर कतिपय  height=काम कस्ता ओल्ठ्याङ्गे हुन्छन् नबुझ्दा गाह्रो त हुन्छ नै बुझ्दा झनै गाह्रो हुन्छ । यसो हेर्दा बुझे बुझे जस्तो लागेको काम गर्न खोज्यो त्यै कामले मुख बाङ्गो हुन्छ । बाँङ्गो भएको मुख सोझ्याउन बढो मुस्किल । झण्डै झण्डै ल्पास्टिक सर्जन नै खोज्नु पर्छ । बल्ल बल्ल बाँङ्गिएको मुख सोज्यायो फेरी कुनै न कुनै काम अलिकति विपरित भएजस्तो लाग्यो कि त उस्ताको उस्तै बाँङ्गो भै हाल्छ । 

अरु उत्कृस्टिएका कामदारहरूले कसरी काम गर्छन होला । तिनीहरू त इसारामै काम तमाम गर्छन् । यसो आँखा सनक्क हुन पाएको हुँदैन अगि काम फत्ते भैसकेको हुन्छ । हुन त यो सब कुरा अपजस पनि हो कोही कोहीले जति राम्रो काम गरे पनि जस पाउँदैनन् किनकि तिनीहरू जन्मजातै अपजसे हुन्छन् । यस्तो जन्मजात अपजसे हुनु भनेको कर्म बिग्रिएको हो । अपजसले बिग्रिएको कर्म सपार्न जति प्रयत्न गरे पनि सकिँदैन । जस पाउनेले कामै नगरी पनि पाउँछन् । बरु कुरौटेले जस पाउँछन् कुरा गरेको भरमा । यस्तै खाले अपजसेमा म पनि परेको छु । आफू कति न साखिलो हुन खोज्छु तर साखिलो त होइन झ्याँकिलोमा पर्छु र साफसँग झ्याँकिन्छु । सायद साढे सातको दशा सिरमा मडारिएको होला मेरो । यो दशा लाग्यो भने उखपात हुन्छ भन्थे जान्नेसुन्नेहरू हो कि के हो जस्तो भएको छ । मलाई फेरि काम गर्न यति मन लाग्छ कि कुरा नगरौं, काम बेगर एकछिन बस्न मन लाग्दैन । बिना काम बस्नु भनेको समयलाई व्यर्थ खेर फालेको हो भन्ने मान्यता बोकेको म काम त गर्छु तर खै के खै के जस्तो रिजल्ट कहिल्यै सकारात्मक आउँदैन । जाबो सकारात्मक रिजल्ट नै नआएको काम खै के गरें भनेर फुर्ति लगाउनु । 

आफ्नाले बर्षौदेखि गरिल्याएको काम अर्को बाठो भएर आफ्नै अगाडि खुसुखुसु गर्न तम्सिए पछि माँ कसम आफूलाई चित्त त बुझ्दै बुझ्दैन । झनक्क भएर सनक्क सन्किहालिन्छ अनि पुग्यो कमिलालाई भारी । कमिलालाई भारी बोक्न सघाउन सकिने कुरा पनि भएन । मान्छे यतिसारो स्वार्थी हुन थाले कि आफूले केही गर्न प¥यो भने मम जस्तै नरम हुने अनि आफ्नो काम निप्टिएपछि हड्डी झैं सारो हुने क्या गजब । कुनबेला सहि हो कुनबेला गलत छुट्याउनै नसकिने । यो सहि होला भनेर ग¥यो परिणाम त्यसैको गलत आउँछ । यो गलत होला भनेर नग¥यो ठाउँ को ठाउँ पछुतो लाग्छ । गरे पनि पछुतो नगरे नि पछुतो जावो काम के गराई भयो त नबुझ्नु अति गारो बुझ्यो झन गारो । 
काठमाडौ, २०७५।०३।२१
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
कुबेर सुकुम्बासी

कुबेर सुकुम्बासी

रामकृष्ण ढकाल
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
हास्यव्यङ्ग्यको परिचय (१)

हास्यव्यङ्ग्यको परिचय (१)

डा. भरतकुमार भट्टराई
बाजी

बाजी

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x