साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुकासँग जम्काभेट 

Nepal Telecom ad

दाहिने गोडाको बूढी औँला र माहिली औँलाको कापमा छिरेर तनतनी रगत चुसी ढाडिएर पुटुस्स भएको जुकालाई एकपटक नमस्कार  height={{read_more}} गरी विनित भावमा मैले सोधेँ– ‘जुको महोदय ! तपाइँ अब त तृप्त हुनु भो ?’ उसले कुनै जवाफ दिएन । बरू जुको आफ्नो कमैयासँग रिसाएर बसेको परम्परागत जिम्दार जस्तै गजक्क परेर बसिरह्यो । उसको सुँढ मेरै आलो रगतले भिजेर निखुर रातो भएको थियो । म घरी रगत रसाएको मेरो औँलाको काप र घरी मेरै आलो रगत लतपतिएको जुकाको मुख हेर्दै एकोहोरो टोल्हाइरहेँ । 

पाँच दशक टेक्न लागेको मेरो जीवनले धेरैै जुकाहरूबाट निर्मम डसाइको सामना गर्नु प¥यो । बाल्यकाल एकथरी जुकाको डसाइबाट हायलकायल भएको सम्झना स्मृत्तिमा ताजै भएर बसेको छ । मेरो चञ्चल किशोर अवस्था अर्काथरी जुकाहरूसँग जुद्धाजुद्धै सकिएको याद अझै गाढा छ । जवाँमर्द भएर जीवनगाडा धकेलिरहँदा पनि मलाई कुनै न कुनै प्रकृतिका जुकाले डस्न छोडेनन् । जीवनको यो उत्तरार्ध खण्ड पनि जुकाकै निर्मम आक्रमण र डसाइबाट प्रताडित भइरहेको छ । लाग्छ म जुके साम्राज्यको एउटा निरीह रैती हुँ, जसको पुनित कर्तव्य भनेकै आफ्नो शरीरको ताजा रगत हर्दम जुकाहरूलाई समर्पण गर्नु होे ।

भिन्न भिन्न नाम र स्वरूपमा जुकाहरू मेरो जीवन नजिक आउँछन् । मेरो सोझोपन, इमान्दार र कर्तव्यनिष्ठ व्यवहारप्रति प्रशंसाको पुल बाँद्धै र सहानुभूति जताउँदै आफ्नो चुसाहा सुँढ गाड्न थाल्छन् । कोही प्रिय साथीको रूपमा आउँछन् । कोही साझा सहयात्रीको रूपमा देखा पर्छन् । कुनै सहकार्यको अंशियारका रूपमा उपस्थित हुन्छन् । कोही आफ्नै जात, थर र गोत्रका रूपमा र कोही नजिकको आफन्तका रूपमा मसँग हार्दिक र आत्मीय हुँदै प्रस्तुत हुन्छन् । म सबैलाई मेरै हितचिन्तक र शुभेच्छु देख्छु । विश्वासले मभित्र जरा गाडिहाल्छ । म कसैप्रति कुनै शंका सन्देह पटक्कै राख्दिनँ । अरूको समस्याप्रति आवश्यकताभन्दा बढी नै सम्वेदनशील हुनु मेरो मौलिक र मानवीय गुण हो । यस अर्थमा म गुणग्राही स्वभावको मनुस्य हुँ । मेरो यही प्रकृति र स्वभावलाई कमजोरी ठानेर जुकाहरू मैले चालै नपाइ मेरा अङ्ग प्रत्यङ्गमा प्रवेश गर्छन् अनि मेरो जीवन–रस चुसेर मग्न र आल्हादित हुने गर्छन् ।

भरखरैको कुरा हो– वर्षौ पुरानो मित्रको खोल ओढी ममाथि घातक आक्रमण मार्फत शरीरको रगत चुसेर समढन्न भएको जुकाको सक्कली अनुहार देख्दा म नराम्रोसँग रन्थनाएँ । घनघोर रिस उठ्यो, आवेग र उत्तेजनाले मलाई छोप्यो र म ऊमाथि खनिएँ । बदलामा मलाई पनि उसकै रगत तनतनी पिउन मन लाग्यो । तर मसँग उसको जस्तो रगत चुस्ने सुँढै थिएन । सुँढ नभएको अनुभूतिले मलाई सिताङ्ग बनायो । अनि मेरो अन्तस्चेतना चिच्यायो– ‘यस धर्तीका महान् जुकाज्यू ! के तपाइँ मेरो रगतले तृप्त हुनुभो ? हुनुभएको छैन भने आफ्नो दुष्ट सुँढ गाडेर अझै मलाई चुस्नुहोस् ।’ प्रतिक्रिया विहीन जुको महोदय मेरै रगतले पुटुस्स भएको पेट सुमसुम्याइरह्यो ।

जुका जातको मूल धर्म भनेकै अर्काको रगत चुसेर आफू मोटाउनु हो । आफ्नो चुसाइका कारण कोही रक्तअल्पताको शिकार भएर मर्छ कि भन्ने हेक्का जुकाले कहिल्यै राख्दैन । निष्ठुरताको पर्याय हो जुको । रगत चुस्नु नै उसको जात, धर्म, पेशा, व्यवसाय हो । थाहै नपाइ मान्छेको र राष्ट्रको गोप्य अङ्गसम्म पुगेर जुकाहरू रगत चुस्नमा तल्लिन छन् ।

‘जति चुसे पनि कहिल्यै नअघाउने तपाइँको कस्तो तिर्खा हो जुकाज्यू ?’ 

धमनीमै प्रवेश गरी राष्ट्रको रगत तन्काउनमा खप्पिस अनेकन जुकाहरू मध्येको एउटा जुकासँग हिजैमात्र मेरो अनपेक्षित जम्काभेट भएको थियो । मेरो प्रश्नमाथि उसले बेवास्ता गरेपछि मैले फेरि दोहो¥याएँ । अहँ फेरि पनि ऊ गजक्क परिरह्यो । मभित्र आक्रोशको आगो बल्न थाल्यो र एक लप्का ऊतर्फ हुत्याएँ–

‘जुकाज्यू, यहाँको मुखमा टिम्मुर हाल्ने परिस्थिति सिर्जना भयो भने अवस्था के होला ? कहिल्यै सोच्नु भएको छ ?’
टिम्मुरको कुरा सुन्नासाथ जुको एकपटक तिल्मिलायो । तर मुखमा लतपतिएको राष्ट्रको रगत पुछपाछ पार्दै जुको बोल्यो–

‘जङ्गलभरिको टिम्मुर फँडानी भइसकेको जानकारी पाएको छैनस् मनुवा ?’ 
म हतप्रभ भएँ । मेरो मथिङ्गलको संसार एक पटक फनन्न घुम्यो । ‘के हाम्रा बारी, खोल्सा र पखेरातिर झुप्पाका झुप्पा फल्ने टिम्मुरको बिउ नै नासियो त अब ?’ यो आफ्नै प्रश्न बडेमाको घन बनेर आफ्नै मस्तकमा ठोकिन थाल्यो । पेट फुलाएर गजक्क बसेको जुकालाई लल्कार्दै म चिच्याएँ– 
‘तेरा मुखमा नून छर्नु पर्ने…..’

‘नेशनल ट्रेडिङ लिमिटेडपछि लगत्तै, नून आयात गर्ने नेपालको एकमात्र निकाय साल्ट ट्रेनिङ कर्पोरेसनलाई मैले निजिकरण गरिसकेँ मनुवा ।’ चुसेको रगत छाद्नु पर्ने जुको त समढन्न भएको पेट मुसार्दै मतर्फ मन्द मुस्कान छादिरहेको थियो । 

‘पाजी जुकाको यत्रो हैसियत ? यत्रो पहुँच ?? यो कसरी सम्भव भयो हँ ???’ 

यो देशका ए चालक सञ्चालकहरू हो ! दुष्ट जुकाको सर्वनाश नगरी राष्ट्रको समृद्धि सम्भव छैन । जुकाको मुखमा टिम्मुर हाल्न पुग्ने गरी यसको राष्ट्रिय उत्पादन आवश्यक छ । ढिलो नगरी देशै भरिका कृषकहरूलाई टिम्मुर खेतीतर्फ प्रोत्साहन गर । घातक जुकाहरूको डसाइबाट आजित भएको म चाहिँ बिना अनुदान टिम्मुर नर्सरी निर्माण गर्ने अभियानमा समर्पित भएको घोषणा गर्दछु । 

०७५ बैशाख १८
कलङ्की, काठमाडौं 

narnath@mail.com 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x