साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनवमा असारे भाका

Nepal Telecom ad

अभिनव साहित्य समाजको नियमित कार्यक्रमको १९७ औँ शृङ्खला असारे भाकाका गीत र भानु सम्बन्धी कविताका साथ २०७५असार ३० गते शनिबार सम्पन्न भएको  height=छ । {{read_more}} यस महिनाको शृङ्खलामा २०५ औँ भानुजयन्ती तथा लोक साहित्य विशेष कार्यक्रम भएको थियो । प्रमुख अतिथि लोकगायक श्री टङ्क के.सी.रहनुभएको सो कार्यक्रममा डा. विदुर चालिसे, शीतल गिरी आदि अतिथिले भानुभक्तको व्यक्तित्व र कृतित्व तथा लोक साहित्यको विषयमा प्रकाश पार्नुभएको थियो । 

प्रमुख अतिथिले असारे लोक भाकाहरूको परिचय गराउँदै विभिन्न पूर्वेली भाकाका असारे गीतहरू गाएर सुनाउनु भएको थियो । समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिको सभापतित्वमा भएको सो कार्यक्रममा भानुभक्तको तस्विरमा माल्य तथा पुष्पार्पण, भानुभक्त विशेष कविता वाचन, लोक साहित्य विशेष रचना वाचन, सङ्गिनी महिला वचत तथा ऋण सहकारी भक्तपुरको गट्ठाघरका इन्दिरा घिमिरेलगायतका समूहबाट सङ्गिनी गायन र नृत्य, असारे गायक रामबहादुर खत्रीलगायतका टोली र देवमाया राउत तथा राधा भण्डारीबाट असारे गीतको प्रस्तुति, इष्ट पोल मा.वि.का छात्रा विविशिका रेग्मी र स्वस्तिका बस्नेतले नृत्य प्रस्तुत गरेका थिए । 

असारे लगायतका गोकगीत र कविता वाचन गर्नेहरूमा गोविन्द नेपाल, अराज ढकाल, रेकी डाँगी, रजिना भुजेल, पवन संग्रौला, रत्ननिधि रेग्मी, सुशील आचार्य, पुष्पा धमला, ओम कोइराला, कुसुम शर्मा, डिल्लीराज अर्याल, घनश्याम प्रसाई, उत्तम विचार, रामचन्द्र खतिवडा, राजेन्द्र ढुंगाना, अनिता दङ्गाल, जनार्दन धड्कन, सीताराम पोखरेल, श्रीराम पौडेल, बुद्धरत्न शाक्य र ऋचालगायत ५४ जना हुनुहुन्थ्यो । कविता वाचन गर्नेहरूमध्ये बिन्दा खतिवडा र श्याम बहादुर भावुकलाई प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । 

सो कार्यक्रमा गजलकार रामबहादुर पहाडी, मञ्जुश्री प्रधान केसी, बाजुराम पौडेल, प्रकाशमणि दहाल, डा. शेषराज आचार्य र प्रदीपरत्न शाक्यको समेत उपस्थिति थियो । कार्यक्रमको स्वागत मन्तव्य सचिव परशुराम पराशर, उद्घोषण मेनका आचार्य र अन्य व्यवस्थापनमा घनश्याम प्रसाई, सुमन मित्र, विमल अर्याल आदि रहनुभएको थियो । सो कार्यक्रमा उपस्थित हुनेहरूलाई दही, चिउरा र आलुको अचारको व्यवस्था टाइमलाइन स्कुलको तर्फबाट नवराज रिजालले गर्नुभएको थियो । ७८ जनाको उपस्थिति रहको सो कार्यक्रम सभ्य र भव्य रूपले सञ्चालन भएको थियो ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x