साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्तीको ६९ औँ शृङ्खला

Nepal Telecom ad

२०७५ श्रावण १२ गते शनिबार । घुम्ती कविगोष्ठी नेपालको ६९ औँ शृङ्खला काठमाडौँको बुढानिलकण्ठ न.पा. वडा. नं. १२, कपनस्थित पूर्णप्रकाश नेपाल यात्रीका नाममा  height=स्थापित यात्री पुस्तकालयको सभाकक्षमा सम्पन्न भएको थियो ।{{read_more}} यस कार्यक्रमको अध्यक्षता यात्री पुस्तकालयका संयोजक एवम् वडा नं. १२ का वडा सदस्य पुरुषोत्तम नेपालले गर्नुभएको थियो । यस कार्यक्रममा प्रमुख अतिथि डा. विदुर चालिसे र अतिथिहरूमा ढुण्डीराज मरासिनी, तीलक लुइँटेल, वडा नं. १२ का वडाध्यक्ष शम्भू भट्टराई, कपनवानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकका सम्पादक निबन्ध आचार्य, माधवलाल श्रेष्ठ, गोपाल बराल र त्रिलोचन आचार्य रहनुभएको थियो । 

३२ जनाभन्दा बढीको उपस्थिति रहेको यस कार्यक्रममा २८ जनाले रचना वाचन गर्नुभएको थियो । जसमा अतिथिलगायत रामचन्द्र दाहाल, रामकुमार पण्डित, परशुराम पराशर, अशोक कुँवर नेत्र, डिल्लीप्रसाद मूलतिहुन, नारायण नेपाल, घनश्याम प्रसाईं, दीपक दाहाल, ओमप्रसाद कोइराला, कात्यायन, भेषराज सापकोटा, लक्ष्मी तामाङ, मिसन अधिकारी, दिनेश भुजेल, भानुभक्त न्यौपाने, रामप्रसाद चापागाईं, प्रज्ञा अर्याल, अजय बराइली र मान्सी साम्रोहाङ हुनुहुन्थ्यो । बिहान ७ः३० बजे सुरुभएको यस कार्यक्रममा वाचित रचनाहरूको समीक्षा डा. विदुर चालिसेले गर्नुभएको थियो । 

कार्यक्रममा वक्ताका रूपमा निबन्ध आचार्य र वडाध्यक्ष शम्भु भट्टराईले बोल्नुभएको थियो । निबन्ध आचार्यले यो पुस्तकालयलाई दुःखजिलो गरेर भए पनि सञ्चालन गरेका हुनाले यस्ता गोष्ठीहरूले यसलाई अझ सहयोग पुग्ने हुँदा घुम्ती कविगोष्ठीका अबका कार्यक्रमहरू सकेसम्म यहीँ गर्न सल्लाह दिनुभयो । त्यसका लागि खर्चको व्यवस्था मात्र गरे पुग्ने कुरा उठाउनुभएको थियो । वडाध्यक्ष शम्भु भट्टराईले हाम्रो वडामा घुम्ती कविगोष्ठीलाई स्वागत् छ भन्दै सधैँ यही पुस्तकालयमा कार्यक्रम सञ्चालन गरे चियाखर्च व्यहोर्ने वचन दिनुभयो । यस्ता कार्यक्रम नियमित भए यात्री पुस्तकालयको प्रचारप्रसार पनि हुने कुरा बताउनुभएका अध्यक्षले वडाको समग्र विकास सँगसँगै साहित्य र अध्यात्मलाई पनि लैजान आपूm लागिपर्ने योजना रहेको बताउनुभयो । 

घुम्ती कविगोष्ठीका अध्यक्ष रामचन्द्र दाहालले धन्यवाद मन्तव्य दिनुभएको थियो भने कार्यक्रमका अध्यक्ष पुरुषोत्तम नेपालले समापनको मन्तव्य दिँदै साहित्यका लागि सहयोग गर्न सधैँ तयार रहेको बताउनुभयो । वहाँले यात्री पुस्तकालयको आफू संयोजक रहे पनि सम्पूर्ण कार्य निबन्ध आचार्यले नै गरेको समेत बनाउनुभयो । कार्यक्रमकै अवधिमा घुम्ती कविगोष्ठी नेपालका सचिव रामकुमार पण्डित क्षेत्री र माधवलाल श्रेष्ठले यात्री पुस्तकालयलाई पुस्तकहरू उपहार दिनुभएको थियो । घुम्ती कविगोष्ठी नेपालका उपाध्यक्ष परशुराम पराशरले सञ्चालन गरेको यो कार्यक्रम सङ्ख्यात्मकभन्दा गुणात्मक रूपमा उत्कृष्ट रहेको थियो । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x