साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको दसौँ साधारण सभा र पुरस्कार वितरण

Nepal Telecom ad

२०७५ श्रावण १९ गते शनिबार । सुरभि साहित्य प्रतिष्ठानको दसौँ साधारण सभा, वेदमणि–सुरभि आख्यान वाचन पुरस्कार २०७४ तथा नियमित मासिक आख्यान वाचन  height=कार्यक्रमको ९५ औँ शृङ्खला सम्पन्न गरेको छ । {{read_more}} प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा प्राज्ञ दिनेशराज पन्तको प्रमुख आतिथ्य थियो भने अतिथिहरूमा गोविन्द घिमिरे वेदमणि, विजय चालिसे, क्षेत्र नं. ३ का सांसद माननीय रामेश्वर फुयाँल, कणाद महर्षि, राममणि पोखरेल, युवराज मैनाली, रामबहादुर पहाडी, डा. विदुर वस्ती, डम्बर घिमिरे र मञ्जुश्री प्रधान केसी रहनुभएको थियो । यस दिनका कार्यक्रमहरू दुई चरणमा भएका थिए । दिनको साढे ११ बजेदेखि सुरु भएको कार्यक्रममा पहिले साधारण सभा सम्पन्न भई साढे १ बजेदेखि आख्यानवाचन र पुरस्कार वितरण कार्यक्रम भएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको स्वागत मन्तव्यबाट सुरु भएको पहिलो कार्यक्रममा अध्यक्ष र कोषाध्यक्षको प्रतिवेदन पारित भएको थियो । त्यसपछि पुरानो कार्यसमिति भङ्ग भई नयाँ कार्यसमितिको गठन भएको थियो । यसका लागि निर्वाचन समितिमा संयोजक विनोद चापागाईं, राममणि पोखरेल र उद्धव रायमाझी रहनुभएको थियो । निर्वाचन समितिमा पुरानै कार्यसमितिका पदाधिकारीहरूबाट मनोयनय पत्र परेको हुनाले अध्यक्षमा बाजुराम पौडेल, उपाध्यक्षमा परशुराम पराशर, सचिव अच्युत घिमिरे, कोषाध्यक्ष रामकुमार पण्डित क्षेत्री, सहसचिव सुशीला खड्का हसिना, सदस्यहरूमा मेनका पोखरेल आचार्य, नगेन्द्र भट्टराई नै पुनः नयाँ कार्यसमितिमा नियुक्त भएका थिए । नयाँ कार्यसमितिलाई बधाई दिँदै प्रमुख अतिथिले अबिरको टिका लगाइदिनुभयो ।

त्यसपछिको कार्यक्रम नियमित आख्यान वाचन र पुरस्कार वितरणको रहेको थियो । आख्यान वाचनमा गोपाल बरालले नियात्रा, भूधरा उपाध्याय, रञ्जना पराजुली लम्साल, सागर सुवेदी, रमेश भट्टराई पुजारी, मनुसा भट्टराई, बखतबहादुर थापा, डम्बर घिमिरे र रामेश्वर फुयाँलले कथा वाचन गर्नुभएको थियो भने पवित्रा अधिकारीले निबन्ध वाचन गर्नुभएको थियो । कार्यक्रमको बिचमा कथाकार रमेश भट्टराई पुजारीलाई वेदमणि–सुरभि आख्यान वाचन पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रमको अन्त्यमा अतिथिहरूले बोल्नुभएको थियो । बोल्नेक्रममा प्रमुख अतिथि प्राज्ञ दिनेशराज पन्तले नियमित आख्यानवाचन गराउने सुरभिको कार्य स्तुत्य छ भन्दै नेपाली रचनालाई अङ्ग्रेजीमा राम्रो अनुवाद गरे नोवल पुरस्कार पाउने कुरा राख्नुभयो । त्यसरी नै राज्यक्रान्ति भयो तर विद्याक्रान्ति भएन भन्नुभयो । विजय चालिसेले सुरभिको सक्रियताको चर्चा गर्दै राज्यले सुरभि साहित्य प्रतिष्ठानजस्ता अलग पहिचान बोकेका संस्थाहरूलाई टेवा पु¥याउनुपर्ने र सुलेख पत्रिकालाई सबै व्यक्तिले नियमित ग्राहक बनेर भएपनि सहयोग गर्नुपर्ने कुरा उठाउनुभएको थियो । त्यस्तै राममणि पोखरेलले सुलेख पत्रिकालाई नेपाल भित्र र बाहिर समेत पु¥याउनु पर्ने र सुरभिलाई पनि फराकिलो बनाउनु पर्ने सुझाब दिनुभयो । रामेश्वर फुयालले गाउँ सहर एक बनाउने साहित्य लेखिनुपर्ने भन्दै साहित्यलाई उत्पादनमुखी बनाउनुपर्छ भन्नु भयो । साहित्यले धेरै मेक्सिम गोर्की र व्याकुल माइला जन्माउन सक्छ भन्दै कर्णाली–काठमाडौँ, प्रदेश र केन्द्र साहित्यले नै जोड्नुपर्छ भन्नुभयो । कार्यक्रममा साउन पन्ध्रको सम्झनास्वरुप खिर खाजा खुवाइएको थियो । दुवै चरणका कार्यक्रम सचिव अच्युत घिमिरेले सञ्चालन गर्नुभएको थियो भने पछिल्लो कार्यक्रमको स्वागत मन्तव्य सदस्य मेनका पोखरेलले गर्नुभएको थियो । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x