साइबर अपराध सम्बन्धी सचेतना सामग्री

असमका स्रष्टा सम्मानित

Nepal Telecom ad

काठमाडौँ कार्तिक/नेपाल स्रस्टा समाजले भारतको असम र तेजपुर क्षेत्रका भारतीय नेपाली साहित्यकारहरू ज्ञानबहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, विष्णु सास्त्री, माधव भट्टराई, {{read_more}} दीनानाथ निरौला, छत्रमान सुब्बा, कृष्ण आचार्य, प्रान्जल प्रतीम बोरालाई सम्मान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्र्याे। अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मा प्रमुख अतिथि र प्रा.डा. गोविन्दराज भट्टराई बिसिष्ट अतिथि हुनु भएको उक्त कार्यक्रममा अतिथि साहित्यकार ज्ञानबहादुर क्षेत्रीले सम्मानित हुनुभएका साहित्यकारहरूको परिचय प्रस्तुत गर्नु भएको थियो । 

सो अवसरमा उहाले नेपाली भाषा रास्ट्रको सीमा पार गरेर विश्वमा पुगी रहेको अवस्थामा नेपाली भाषा साहित्यको बारेमा केहि जानकारी प्राप्त गर्ने उद्देश्यले आफूहरू नेपाल आएको कुरा ब्यक्त गर्नु हुँदै आफूहरूले पनि असमको भाषा र संस्कृतिको सम्रक्षणका साथसाथै नेपाली भाषा र साहित्यलाई आत्मसात गरेको धारणा ब्यक्त गर्नुभयो. उहाले असममा ज्यादै प्रचलित केहि नेपाली शब्दलाई नेपाली शब्दकोषमा पनि राख्नु श्रेयकर हुने विचार प्रकट गर्नु भयो । नेपाली नाट्य सम्मेलनका अध्यक्ष्य चन्द्रमणि उपाध्यायले पूर्वान्चल भारतमा नेपाली नाट्य विकास बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा अतिथि कविहरू विष्णु सास्त्री, माधव भट्टराई, छत्रमान सुब्बा र प्रान्जल प्रतीम बोरा र नेपालका साहित्यकारहरू विजयराज न्यौपाने, विष्णु राई तथा प्रभा भट्टराईले कविता वाचन गर्नुभएको थियो । 

कार्यक्रममा मन्तब्य प्रस्तुत गर्दै नेपाल स्रस्टा समाजका पूर्ब अधक्ष्य पवन आलोकले असमका विभिन्न साहित्तिक संस्थाहरूसंग मिलेर नेपाली भाषा साहित्यको विकासको निम्ति आपसी सहयोगलाइ अझ विस्तार गर्ने नेपाल स्रस्टा समाजको उद्देश्य रहेको विचार ब्यक्त गर्नुभयो । 

विशिष्ट अतिथि प्रा.डा. गोविन्दराज भट्टराईले अनुवाद साहित्यको महत्वमाथि प्रकाश पार्दै नोबेल पुरस्कार प्राप्त ११६ कृतिहरू मध्ये ३४ वटा मौलिक कृतिले मात्र नोबेल पुरष्कार प्राप्त गरेको र अरु बाँकि कृतिहरू सबै अनुवाद साहित्य रहेको कुरा उल्लेख गर्दै भारतमा पनि २७ जना नेपाली साहित्यकारले अनुवाद साहित्यमा नै पुरष्कार प्राप्त गरेको छन् भन्नु हुँदै नेपाली साहित्यलाई अनुवाद गरेर विश्व सामु पुर्याउनु अत्यावश्यक रहेकोले आफुले नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा अनुवादक परिचय कोषको कार्य गर्दै आएको जानकारी दिंदै अहिलेसम्म ६२० जनाको परिचय कोष तयार भैसकेको छ भन्नु भयो ।

प्रमुख अतिथि नगेन्द्रराज शर्माले मन्तव्यको क्रममा हाम्रो देश सानो भए पनि यहाको साहित्य कम छैन भन्ने मन्तब्य ब्यक्त गर्दै नेपाली साहित्यलाई पनि विश्वमा पुर्याउनको निम्ति अनुवाद अत्यन्त महत्वपूर्ण रहेको विचार प्रस्तुत गर्नुभयो ।

यस कार्यक्रमलाई समापन गर्दै कार्यक्रममा सभापति तथा नेपाल स्रस्टा समाजका अधक्ष्य विधान आचार्यले नेपाल नेपालीले, भारतका विभिन्न प्रान्तमा रहेका नेपालीले र अन्य मुलुकमा बसेका नेपालीहरूले गरेको साहित्यको तुलना र स्तर निर्धारण गर्नु अन्याय हुन्छ भन्नु हुँदै नेपालभन्दा बाहिर रहेका नेपाली भाषी नेपालीहरूले गरेको साहित्यको बेग्ला बेग्लै परिवेशमा मूल्याङ्कन हुनु पर्ने विचार ब्यक्त गर्नु भयो ।

नेपाल स्रस्टा समाजकी सचिव जानु धितालले संचालन गर्नु भएको उक्त कार्यक्रममा नवराज तिमिल्सिनाले कार्यक्रममा उपस्थित सबैमा हार्दिक कृतज्ञता प्रकट गर्नु भएको थियो । सो कार्यक्रममा साहित्यकारहरू पुस्कर लोहनी, शैलेन्द्र साकार, रमेश खकुरेल, रोचक घिमिरे, ठाकुर शर्मा भण्डारी, सरिता अर्याल, खेमराज पोखरेल, विश्वविमोहन श्रेष्ठ, दिब्य गिरी, काशीराज आचार्य, नारायण तिवारी, सिल्की मून आदिको उपस्थिति रहेको थियो । 

–दिब्य गिरी
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x