साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुलेश्वरमा देबकोटा जयन्ती

Nepal Telecom ad

आज कुलेस्वर आबास परिवार  कल्याण संस्था, साहित्य कला सँस्कृति समाजको आयोजनामा महाकवि लक्ष्मीप्रसाद  देबकोटाको ११०औँ जन्मजन्ति एक भव्य समाहरोहको आयोजना गरी मनाइयो । {{read_more}}

प्रमुख अतिथि संस्कृतबिद सताब्दि पुरुष सत्यमोहन जोशीले देबकोटाको यात्री कबिताको सन्दर्भमा भन्नु भयो मानिसले सबभन्दा पहिले आफूले आफैलाई चिन्नु पर्छ । सुकरातले यसो भन्दा बिष पिउनु परेको थियो । मानिसले सन्तोषको जीबन जिउन सक्नु पर्छ । सत्यम सुन्दरमको जीबन जिउनु पर्छ । यात्री कबितामा देबकोटाले आफूभित्र ईश्वर छ, त्यसलाई चिन्नु पर्छ भनेको हो । जेष्ठ नागरिक भत्ता बढेन भनेर किन आत्तिने ? एक दिन त बढि हाल्छ नि । धेरै लोभ पनि गर्नु हुन्न । कुलेश्वरमा तपाईहरूले यस्तो राम्रो भवन बनाएर कार्यक्रम गर्नु भयो । यो स्वागत योग्य काम हो । अब यस्तो काम देशको ७ वटै प्रदेशमा हुनु पर्छ ।

कार्यक्रममा देबकोटा सम्बन्धि कबिता बाचन गर्ने कविहरू सीताराम नेपाल, गणेश घिमिरे मार्मिक, श्याम सापकोटा,किरण केन रँजित, डा भागबत आचार्य, ख्यालमान राई,नारायण निरासी, मुकुन्द न्यौपाने, डम्बर घिमिरे र स्थानिय बिद्यार्थिहरू हुनु हुन्थ्यो ।

कार्यक्रमका सँयोजक राम बिनयले सबैलाई स्वागत गर्दै कार्यक्रमको बारेमा प्रकाश पार्नु भइको थियो । कार्यक्रमका अध्यक्ष लोकनाथ पोखरेलले धन्यबाद सहित कार्यक्रम समापन गर्नु भयो ।कार्याक्रमको उदघोषण बुद्धिमान ढुँगानाले गर्नु भएको थियो ।

कार्यक्रममा सँयोजक राम बिनय र सभापति लोकनाथ पोखरेलले सताब्दी पुरुष सत्यमोहन जोशीलाई दोसल्ला ओढाई मायाको चिनो प्रदान गरेको थियो ।

–राम बिनय
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x