सुलसुलेकर्मदा सिर्जना मञ्च नेपाल

२०७५ माघ ६ गते शनिवार मस्र्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन, प्रथम साधारण सभा, आजीवन सदस्यको
प्रमाणपत्र वितरण तथा निर्वाचन, {{read_more}} कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता, सुन्दरबजार नगरपालिकाकी उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्य तथा सुन्दरबजार नपा ७ का वडाअध्यक्ष जयराम रेग्मीको विशिष्ट आतिथ्यमा भव्यरूपमा सम्पन्न भएको छ । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको एक मात्र साहित्यिक संस्थाको कार्यक्रममा कविता, गीत, गजल, हाइकु, भजन तथा मुक्तक रोचक ढङ्गबाट स्रष्टाहरूले वाचन गरे । रचनाहरू राष्ट्रभक्तिभावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक बिक्रिति बिरुद्ध प्रहार गरिएका र शृङ्गारिक रसले भरिपूर्ण भएका थिए ।
सो अबसरमा रचना वाचन गर्ने स्रष्टा क्रमशः तीर्थराज अधिकारी, लक्ष्मीप्रसाद मिश्र, जगदीश्वर पोखरेल, सृजना पोखरेल, बिष्णुबहादुर गुरुङ प्यासी, भूमिनन्द तिमलसेना, बिष्णुप्रसाद पोखरेल, दिनेश पोखरेल, युवराज खनाल, कृष्णराज ओलिया, सुनिलकुमार श्रेष्ठ, वसन्त अधिकारी, रघुनाथ अधिकारी, नारायण ढकाल, गोविन्दबाबु तिवारी, रामप्रसाद गुरुङ, थकित यात्री, शिव आर्य, युवराज खनालले रचना वाचन गर्नु भएको थियो । भजन वाचन गर्नेमा बिष्णु पोखरेल, पुष्पा मिश्र, सृजना पोखरेल, रामदेवी पोखरेल, टीकामाया पोखरेल र कौमाया पोखरेलले गर्नु भएको थियो ।
नयाँ कार्य समितिमा अध्यक्ष जगदीश्वर पोखरे, उपाध्यक्ष लक्ष्मीपरसाद मिश्र, तीर्थराज अधिकारि, पुष्पा मिश्र र रामबहादुर रानाभाट सचिव रामप्रसाद गुरुङ कोषाध्यक्ष भूमिनन्द तिमलसिना,सहसचिव युवराज खनाल, सदस्यमा सृजना पोखरेल, दिनेश पोखरेल, बिष्णुप्रसाद पोखरेल, बिष्णुप्रसाद पौडेल, प्रतिमाया गुरुङ, बिष्णुबहादुर गुरुङ प्यासी, र उत्तमराज मिश्र निर्वा्चित हुनु भएको थियो ।
प्रमुख अतिथि तथा विशिष्ट अतिथिले संसथालाई नगरपालिकाबाट आर्थिक सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको थियो । अतिथि द्वारिका मिश्रज्यूले संस्थालाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । स्वागत मन्तव्य पुष्पा मिश्रले गर्नु भयो । धन्यवाद रामबहादुर रानाभाटले दिनु भएको थियो । सभाध्यक्षले विद्यालय र सहभागीहरूलाई धन्यवाद दिदै सभा विसर्जन गर्नु भएको थियो । रामप्रसाद गुरुङ र युवराज खनालले आकर्षक शैलीमा कार्क्रम सञ्चालन गर्नु भएको थियो ।
जगदीश्वर पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































