हरि खनालनरे बौलायो

टेढो नजरले हेरेको अभियोगमा मानबहादुरलाई कुटपिट गरिँदै थियो । जति कुट्दा पनि नझुकेको मानबहादुर चूपचाप कुटाइ सहिरहेको थियो । {{read_more}} मानबहादुरजस्ता धेरै
मानिसहरू तमाशा हेरिरहेका थिए । नरबहादुरले देख्यो त्यसरी कुटपिट गर्न आदेश दिने वीरमान शाहू थिए ।
“यो त अत्याचार भयो । एउटा गरीबमाथि यत्रो हातपात । बोल नरबहादुर बोल” उसको एउटा मनले आदेश दियो ।
“के हुन्थ्यो ? शाहूले गरेका कुरामा पनि बोल्नहुन्छ ? भोलिदेखि अलिअलि पाइरहेको ऋण सरसापटी पनि हराउँछ“ अर्को मन तत्काल प्रतिवादमा उत्रियो ।
मनोवाद चलिरहेका बेला “मानबहादुर चिच्यायो तिम्ले जे गर्दा पनि हुन्छ हामी मान्छे होइनौ । हामीजस्ता सबै मिले के हुन्छ ?”
“हँ ! माने ठीक भन्दैछ तर खै हामी मिलेका ? यतिका बेर यातना पाइसक्यो मै त बोलेको छैन । यी सारा तमाशेहरू कसरी हेरिरहन सकेका” नरबहादुर वैचैन भयो । उसले दायाँबायाँ हेर्यो र सोच्यो “बोलूँ कि नबोलूँ ?“
“नबोल. तेरो दानापानी जाला” कसैले कानमा फुसफुसायो ।
्उता मानेमाथि मुसलेहरू झनझन अत्याचार गरिरहेका थिए । नरबहादुरले सोच्यो “शाहूसँग सधैँ राम्रो सम्बन्ध भइरहन सक्छ र ? यस्तो अत्याचारी प्रवृत्ति भएपछि । भोलि मलाई यातना दिँदा पनि मेरो पक्षमा बोल्ने हुँदैनन् ।” नरबहादुरले ऋण सरसापटीका कुरा बिर्सियो । उसको अन्तरआत्मा बोल्यो. “खबरदार ! गरीवलाई कुट्न पाइँदैन“
तमाशेहरू बोले “नरे बौलायो ।”
Subscribe
Login
0 Comments
Oldest







































