साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपालखण्डे स्वस्थानी

Nepal Telecom ad

कुमारजीको सट्टा ब्रह्माजी स्वयं आज्ञा गर्नुहुन्छ– हे हन्तकाली मुनि ! मैले सृष्टि गरेको यो संसारमा नेपाल भन्ने एउटा देश पनि हुनेछ । {{read_more}} त्यो देशको रक्षा गर्ने जिम्मा  height=तिम्रो भागमा परेको हुँदा त्यहाँ तिम्रा खलकहरूको सधैँ बोलवाला रहनेछ । संसारका अरु मुलुक विकासको गतिमा कति हो कति माथि पुगिसक्दा पनि तिम्रो राज्य भने नेता, दल, कर्मचारी, बुद्धिजीवी, नागरिक अगुवाजस्ता अनेकौँ व्यक्ति र समूहका स्वार्थ, छिनाझपटी, अकर्मण्य आदिका चक्रव्यूहमा परी अविकासको भूमरीमा युगौँसम्म रुमलिइरहनेछ, जसरी एउटा मृग आफ्नै शरीरबाट आएको बास्ना थाहा नपाएर जंगल–जंगल भौँतारिन्छ, त्यसरी नै आफ्नै आँगन वरिपरिका खानी, वनजंगल, हिमाल, नदी, जडिबुटी तथा खेतबारी नदेखी त्यो मुलुकका शासकहरू विदेशतिर बटुको थापेर माग्न जानेछन् भने शासितहरू सग्लासग्ला हातखुट्टा र तन्नेरी ज्यान लिएर परपर खाडी राष्ट्रतिर बास्ना खोज्दै भौँतारिनेछन् ।

हे हन्तकाली मुनि ! तिम्रै स्वभावका सन्तानहरूको बाहुल्य हुने हुनाले त्यो देशको सरकार, प्रतिपक्ष, मन्त्रालय, अड्डा, अदालत, स्कुल, कलेजहरू हन्तकाली गोत्रका अगुवाहरूले भरिभराउ हुनेछन् । उनीहरू सधैँ खानेकुराको खोजीमा हाब्रो उघारेर बस्नेछन् । सर्वसाधारणलाई अल्झाउने खाडल, धराप थापेर रहनेछन् । तिनीहरू पसिनाको साटो अनैतिक कर्मद्वारा आर्जित कमाइ खाएर पालितपोषित हुनेछन् । तिनीहरू तिमीजस्तै जति खाए पनि कहिल्यै नअघाउने घिचन्दासहरू हुनेछन् ।  

त्यहाँ धेरै वर्षसम्म अपराधकर्मीको बोलवाला रहनेछ । बिचौलिया, कालाबजारी, माफियाको शक्तिले एकछत्र राज गर्नेछ । बलात्कारी नै बलात्कारविरुद्ध सडकमा नारा लगाउँदै भेटिनेछन् । भ्रष्टाचारी नै भ्रष्टाचार निवारण गर्न कस्सिनेछन् । चोर र लुटेराका खल्तीमा पुलिसको परिचयपत्र फेला पर्नेछ । व्यक्तिहरूको मुखडा एउटा र खोपडा अर्कै हुनेछ । न्यायाधीश हो कि कालाबजारियाको मित, वकिल हो कि हत्याराको साथी, मन्त्री हो कि भ्रष्टाचारीको राजा, पुलिस अधिकारी हो कि तस्करको संरक्षक, साधु हो कि बलात्कारीको नाइके छुट्याउनै नसकिने अवस्था आउनेछ । यिनीहरूका हातको सफाइ देखेर विश्वका नामी जादूगर पनि घोर आश्चर्यमा पर्नेछन् । तस्करसँग बरामद गरिएका सुन हेर्दाहेर्दै फलाममा परिणत हुनेछन् । रक्तचन्दन पक्राउ गरी थानामा र्पुयाउँदा बकाइनु भइसक्नेछ । बलात्कारीहरू एकाएक सन्तमा परिणत हुनेछन् । चोर समातेर चौकीमा ल्याइपुर्याउँदा हाकिममा अवतरित हुनेछ । सुकुमार मुहार लिएर न्यायालयमा छिरेका न्यायमूर्तिहरू निस्कँदा अँगारजस्तो अनुहार भएका हुनेछन् ।  

राजनीतिक पक्ष–प्रतिपक्षका हन्तकालीमा हसुर्न नपाउने कुरामा मारामार हुनेछ, ठेलाठेल हुनेछ, कुइनाले कोखामा हान्ने र चोरऔँलोले नाकमा घोच्ने काम हुनेछ । हसुर्ने विषयमा भने लपक्क अँगालो हालेर एकअर्कालाई चाटाचाटै गर्नेछन् । अनेक व्यक्ति, संघ–संस्थासँग सरकारले अनेक सन्धिसम्झौताका नाटक बारम्बार गर्नेछ । केही समयपछि त्यस्ता सम्झौतापत्रलाई शासकहरूले धोती बनाई लगाउनेछन् । संसद्को बहुमत र दुई तिहाइको सरकारका निर्णयलाई विभिन्न समूह, सरकारकै कर्मचारी र व्यक्तिहरूले पनि उसरी नै सुरुवाल सिलाइ लगाउनेछन् । त्यहाँ निमुखालाई ऐन र मुखालेलाई सदा चैन हुनेछ ।

हे हन्तकाली मुनि ! विक्रम संवत् ०७५ माघ महिनासम्मको नेपाल महात्म्य मैले तिमीलाई सुनाएँ, बाँकी अवधिको महात्म्य सुन्न केही समय धैर्य गर, त्यो पनि म अवश्य सुनाउनेछु । तिमी भोकायौ होला, अब नेपाल देशतिरै जाऊ र मन लागेको खाऊ ।

नेपाल, माघ १६, २०७५
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
0
Would love your thoughts, please comment.x
()
x