साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आउनुहोस् आउनुहोस्

Nepal Telecom ad

आउनुहोस आउनुहोस् height=
आउनुहोस आउनुहोस् 
यो पाली लगानी बर्ष भव्य मनाउनु पर्छ {{read_more}}
के गरी हुन्छ देशलाई हरिकङ्गाल बनाउनु पर्छ
बाटो घाटो नपुगे पनि 
भ्रस्टाचार, ढिलासुस्ती, कमिसनलाई 
द्रुत गतिमा सिंह दरबारबाट 
गाउँ गाउँसम्म पुराउनु पर्छ 
ऐया आत्थु गरे भने जनता   
त्यसको पनि कर तिराउनु पर्छ 
बैंकको चर्को ब्याज लिएर भए पनि 
तरकारी खेती गरौं, उखु खेती गरौं 
गाई पालौं, भैसी पालौं, माछा पालौं 
बजार भाउ पाएन भने सडकमा लगेर फालौं 
उखु पनि बिकेन भने के भो र 
भात पकाउने ढोड बनाएर बालौं 
आउनुहोस् आउनुहोस् 
यो पालीको लगानी बर्ष भब्य मनाऔं 
देशलाई चाडै झिङगापुर बनाऔं ।

कसैले भ्रष्टाचारको प्लान्ट  लगाआंै   
कसैले कमिसनको  कारखाना  खोलौं 
कसैले घुसखोरको अखडा  खोलौं 
र खोलेपछि संसारको सभन्दा तगडा खोलौं  
हामीलाई कसले कती दिने  त्यो बोलौ  । 

राजधानीमा धेरै खुलिसकेकाले 
अब कसैले यो प्रदेशमा खोलौं 
कसैले त्यो प्रदेश तिर खोलौं 
कसैले नगरपालिकातिर खोलौं 
कसैले गाउपालिका तिर खोलौं 
तर कसैले कसैलाई न पोलौ 
यो देश पानी जहाँ नआए के भो र ?
अरबौ खाने जहाज आउँछ 
रेल न आए पनि  के भो र यहाँ  ?
खरबौ खान पाइने खेल आउँछ 
आउनुहोस् आउनुहोस् 
तपाईं हामी सबै मिलेर 
लगानी बर्ष त भब्य मनाउनु पर्छ 
देश र जनता यस्तै रहे पनि 
हामीले हामीलाई समृद्ध बनाउनु पर्छ ।

दाङ, हाल काठमाडौं
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x