साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातेको मान्छेको भाषण

Nepal Telecom ad

 height=आधारातपछि
रक्सी दोकानबाट म के निस्किएको छु ः
प्रत्येक खोंगी र खोरभित्रबाट
पखेट फट्फटाउँदै विद्र्रोहको {{read_more}}
कुखुराका भाले बासेर मेरो स्वागत गर्दछन् ।
यहाँको वातावरणको निम्ति
यहाँको निर्जीवताको निम्ति
यहाँको व्यवस्थाको निम्ति
मेरो सक्सीको गन्धले भिजेको निश्वास पनि
आज, ठुलो आँधीसरह भइसकेको छ
सडकका दुवैतिर लाम लागेका यी आलिशान भावनहरू
आफ्नो जगसहित आफ्नो कमजोरि माटोमुनि गाडिदिनु
अब, अब, अब लड्नलाई तयार छ ।
आज मेरो प्रत्येक पाइलामा यौटा(यौटा भूकम्प छ ।
आज मेरो प्रत्येक अनुभवमा यौटा–यौटा ज्वालामुखी पड्कन
तैयार छ ।
कसरी बसेछु यो उमेरसम्म
यौटा पाइलासम्म पनि नअटाउने
ढल्न लागेका यी साँगुरा घरहरुमा (
मलाई दुःख लाग्छ ः
अझै सुत्छन् गनेउलाझै गुजुल्टिएर
आत्म(पराजित मानिसहरु
धरतीको अस्वस्थ्यकर घरहरुमा,
अनि यति अबेरसम्म (
आज मेरो विशालता पृथ्वीमाथि अटाउदैन
यो सडकभरिको देशमाथि सास थुन्छ ।
अनि मैले सडकभरि आँदाखाँद गरेर हिड्दा
मानिस भन्छन्( यो मातेको छ ।,
छेउ लागेर बाँयापट्टी हिंड्नु पर्छ–
हो हामीले छेउ लागेर हिंडनु पर्छ ।
धेरैले सडकमाथि अटाएर हिंड्नु पर्छ ।
गगनचुम्बी भवन र धरहराका
सिरान–सिरानका कोठाभित्र
रात–रातभरि बल्दछन्…….नीलो–नीलो गुलुप ः
लाटकोकोसेराका आँखाहरू,
यहाँ रातभरि लाटकोसेराले आँखा देख्दछन्,
यहाँ रातभारि लाटकोसेराले कसकसको बाटो ढुक्छ–
टाउकोभरि अफिसको कागजपत्रका अक्षर,
छातिभरि अफिसको दिवाल घडीका काँटाहरू
फेरिनै आटेका पूर्जाजस्ता जिन्दगी
काँधमाथि टाउको लतारेर यो सडकमाथि हिंडदछन्,
यिनलाई घिसारेर हिंडदछन्
अनुहार नभएका मानिस, अँध्यारोका खुट्टाले टेकेर
रात–रातभरि यो सडकमाथि !
फलतः आजकाल सडक घटेको छ ।
कसले चोर्दछ सडकका छेउकुनाहरू–
किन घट्दछन् यो सडक प्रत्येक रातको आगमनसित (
यो सडकलाई उधारेर फेरि ठुलो पार …………
जब म भन्छु, छेउको मुर्ख पुलिस
मलाई पक्रन तयार छ किनकी म मातेको छु !
अनि रक्सीले छात्ति भरेपछि
मलाई पनि लाग्छ कि मभित्र यत्ति विशालता आइसक्यो,
कि यो सडकको संकीर्णतामा अब अब नअटाउने भइसकेको छु !
इन्जिनियरले सुनुन्
नेता, प्रध्यापक र कविहरूले सुनुन्
इतिहासको प्रत्येक आन्दोलनले सुनुन्
यसर्थ, पोष्ट अफिसको पेटीबाट
म वक्तव्य प्रसारित गर्दछु ः
ए सडक हो !
यौटा मानिस तिमीमाथि हिंड्दै छ,
म अटाइनँ तिम्रो फैलावटमा
यसर्थ, म हुकुम गर्दछु …..
अझै तिमीहरू फाट्टीदेऊ, च्यात्तिदेऊ, फैलिदेऊ……
तिम्रो फैलावटको सीमामाथि अतिक्रमण गर्ने
प्रतिक्षण इतिहास बनिरहेका क्षणसित
यी ठूलठूला बिल्डिङका पेटीहरू
मात्र कोतपर्वका विजेताका
मात्र शासन गर्ने परिवारका
प्रशस्ति र वंशावली लेखिएका 
इतिहासका इतिहास नाङ्गा पन्ना जस्ता
यी पेटीहरूलाई
मुटुदेखि मस्तिष्कसम्म चिरिने गरेर
तिमीले च्यात्तिदेऊ……..फाट्टिदेउ……
कोलम्बसको पैतालाले
यस सडकमाथि टेक्न पाउनु पर्छ ।
यौटा व्र्रिोहले यहाँ शिर उचालेर हिंड्न पाउनु पर्छ ।
यर्सथ, म हुकुम गर्दछु ः
ए सडक हो !
अझै च्यात्तिदेऊ…….अझै फाट्टिदेऊ….
जति खडल बन्दछ त्यत्ति नै
रक्सीको तरलताले भिजाएर
म, मेरो सद्भावनाले रसाइदिन्छु
म मेरो विशाल्ताले ढाकिदिन्छु
नत्र ता म यहाँ अटाउनै सकिनँ,
नत्र ता बिहान नौ बजे स्कूलको बखत
सानो बालकलाई
उसको आमा र मैले कसरी स्कूल र्पुयाउनु यहाँबाट
जहाँ अटाउदैन यौटा खुट्टाको पनि पैतालाको फैलावट !
सयौ बूटले प्रतिक्षण किच्चिएर
मोटरका चक्काले प्रतिक्षण पिल्सिएर
लम्पसार र उत्तानो परिसकेका ए जिन्दागी हो !
निष्क्रियताको हुस्सुले थुनिएर
साइनबोर्डका खम्बाले सीमित
घुम्तिघुम्तिले टुक्राटुक्रा खण्डित
चक्रवर्तीको चोइटिएका पराक्रमको सहस्र चोइटा……
ए सडक हो !
अश्वमेध यज्ञका घोडा खेदेर विश्वविजयमा बढेका
सगरका ए शापित सहस्रदश पुत्र हो !
आकाशबाट बोतलको र्स्वर्गङ्गाको जल
भगीरथको आस्थाले र्छ्र्किहेछु तिमीमाथि,
तिम्रो निधारमाथि, आँखामाथि, छात्तिमाथि !
यो जो बगाइरहेछु बोतलका बोतल….
सक्सी सडकमाथि,
थोपाथोपा पिएर
उठ, उठ बोरिएर ए मेरा पिताहरु हो !
ए सगरका शापित सहस्रदश पुत्र हो !
अनि एस पल्ट हिमालजत्रो मुठीले
क्षितिजका गहबाट कचेराको कुइरो पुछेर
मसित हेरिदेऊ…….प्रथमपल्ट ः
आँखाले भ्याउञ्जेलसम्म
हामी हाम्रो चारैतिर
विजयका निम्ति युद्धभूमी र
जिन्दगीका निम्ति उज्यालै उज्यालोमात्र देख्दछौं !

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
स्वाभिमान

स्वाभिमान

डा. श्यामप्रसाद न्यौपाने
म भक्त हुँ

म भक्त हुँ

शिवप्रसाद जैशी
अह‌ङ्कारको आगो

अह‌ङ्कारको आगो

प्रा. कपिल अज्ञात
सपनामाथि तपाईंहरु कत्तिको विश्वास गर्नुहुन्छ…?

सपनामाथि तपाईंहरु कत्तिको विश्वास...

राजेन्द्रप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x