साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपममा मुक्तक वाचन

Nepal Telecom ad

 height=राजधानीमा आयोजना हुँदै आएका साहित्यिक कार्यक्रममध्ये एक महत्वपूर्ण कार्यक्रम होे अनुपम सिर्जना वाचन । {{read_more}} हरेक महिनाको तेस्रो शनिबार अनुपमले यसलाई निरन्तरता दिँदै आएको छ । यसका लागि गत साताको शनिबार अनुपमको ८२ औँ सिर्जना वाचनमा स्रष्टाहरू एडमार्क कलेजको सभाकक्षमा भेला भए । संस्थाका वरिष्ठ उपाध्यक्ष सञ्चारकर्मी नरनाथ लुइँटेलको अध्यक्षतासँगै कार्यक्रम औपचारिक रुपमा सुरु भयो । महासचिव जितु खड्काले मुक्तकबाटै स्रष्टाहरूलाई स्वागत गर्नुभयो र सुरु भयो मुक्तक वाचन । 

यस क्रममा पूर्णप्रसाद पन्त, विनुबाबा घिमिरे, बेनीबहादुर थापा, पुरुषोत्तम सिग्देल, चूडा निर्भीक, रमेशप्रसाद गौतम, रामचन्द्र वनबासी, उत्तम विचार, हरि खनाल, राजन्द्र ढुंगानाले आफ्ना मुक्तक वाचन गर्नुभयो । त्यसै गरी कार्यक्रममा हरि खड्का, बालकृष्ण सुवेदी, यदुनाथ भट्ट गोर्खाली, डा. बमबहादुर थापा जिताली, नरनाथ लुइँटेल, जनार्दन अधिकारी, जितु खड्कालगायतका स्रष्टाहरूले पनि आआफ्ना सिर्जना पस्कनुभएको थियो । कार्यक्रमको बिसौनीमा सभाध्यक्ष नरनाथ लुइँटेलले मुक्तकको संरचनागत पक्षका बारेमा प्रकाश पार्नुका साथै वाचित रचनामाथि समीक्षात्मक टिप्पणी गर्दै सभा विसर्जन गर्नुभएको थियो । 

कार्यक्रममा उपस्थित स्रष्टाहरूले अनुपमको स्थापना कालदेखि यससँग प्रत्यक्ष—परोक्ष जोडिएर संस्थाको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका अग्रज हास्यव्यंग्य स्रष्टा घिमिरे मैदेलीको असामयिक निधनप्रति गहिरो शोकका साथै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x