सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बेइमान कुलमान

Nepal Telecom ad

यिनको नाम कुलमान । यिनी नेपाल विद्युत् प्राधिकरणका मूलम्यान । {{read_more}} height=

यिनलाई हालै मोदी माननीयज्यूले लेखा समितिको बैठकमा बेइमान, भ्रष्टाचारी, अटेरी, दम्भी, अनुशासनहीन आदि भनेर सातो लिन खोजे । वास्तवमा उनले ठीकै गरे । यी कुलमान चाहिँदोभन्दा नचाहिँदो काम नै बढी गर्दैछन् । यिनी नेपालको उच्च प्रशासनिक नेतृत्वमा रहेका अधिकारीहरूले गरिआएकाभन्दा भिन्नै र उल्टा काम गरिरहेका छन् । यिनले हाकिमी अनुशासनविरुद्ध काम गरेर अरु अनेक निकायका हाकिम सा’बलाई अप्ठेरोमा पारेका छन् । यिनी आफूले पूरा गर्नुपर्ने काम आफैँ खुरुखुरु गर्छन् । माथिको आदेश पर्खेर बस्दैनन् । यिनी बेइमानै हुन् ।

यिनले नेपाली जनताविरुद्ध पनि घात गरेका छन् । मुलुकलाई मैनबत्ती युगबाट एकाएक बिजुली युगमा ल्याए । इन्भर्टर, सोलार र टर्चलाइटमा खिया लगाएर काम नलाग्ने बनाइदिए । कर्मचारीलाई पनि यिनले बाधा–व्यवधान खडा गरे । बत्ती नभएर कम्प्युटर र मेसिन चलेनन् भनेर सेवाग्राहीलाई टार्ने वहाना बन्द गराइदिए । उद्योग, कलकारखाना चलिरहनुपर्ने बनाइदिएर मजदुर कर्मचारीलाई पनि काममा जोताइदिए । लोडसेडिङमा दिउँसै निद्रा र्पुयाउने कुम्भकर्णको निद्रा यिनले खलबल्याइदिए । धेरैलाई यिनले दुःख थपिदिए । यिनी बदमासै हुन् । 

यिनी मान्छे बेइमान पनि हुन् । लोडसेडिङको अँध्यारोमा मात्रै गरे पनि चारैतिरबाट करोडौँ कमिसन र घुस बटुल्ने ठाउँमा बसेर पनि यिनी कामकै बारेमा सोच्दा रहेछन् । आफ्नो पदको मर्यादा नै भुलेर फिल्डमा आफैँ खटिँदा रहेछन् । फिल्डमा आइलाग्ने अवरोध हटाउन आफैँ पाखुरा सुर्किंदा रहेछन् । दलालसँग साँठगाँठ गरेर सुतीसुती सात पुस्तालाई पोस्न छाडेर तिनीहरूसँग कड्किँदा रहेछन् । विकासविरोधी बिचौलियासँग गोप्य मिटिङ, सिटिङ, इटिङ गर्न छाडेर तिनीहरूसँग परपरै भड्किँदा रहेछन् । काममा बाधा गरेर अनेक अनुचित माग गर्ने बिचौलियाहरूलाई जे–जे माग्छन्, पूरा गरिदिएर थामथुम पार्नुको सट्टा थुनिदिन्छु भनेर तर्साउँदा रहेछन् । माननीय मोदीजीले भनेको सोह्रैआना सही हो । यिनी भ्रष्टै हुन् ।

कर्मचारी भएर पनि यिनी जागिर जाला भन्ने डरै नमानी सुपरपावरसँग पौँठेजोरी खेल्दा रहेछन् । माननीय मोदीज्यूले आफ्नो सुपरपावर प्रयोग गर्दै भ्रष्टाचारीको आरोप लगाउँदा यिनले प्रमाण देखाऊ भनेर सांसदको सुपरपावरलाई च्यालेन्ज गरे । उनले आफ्नै संस्थाको शक्तिशाली युनियनलाई पनि थर्काएको सुनियो । भद्र युनियन परेछ कि क्या हो ! नत्र यिनले कालो मोसो भेट्नुपर्ने हो । ठूल्ठूला दलका नेताहरू, माननीय सांसदका अघिल्तिर भिजेको बिरालोजस्तो भएर पुच्छर लुकाउनुपर्नेमा यिनले सवालजवाफ गर्ने आँट गरे । माननीय मोदीज्यूले चुनाव जितेको बिर्ता क्षेत्रमा उहाँको अनुमति नलिई काम गर्ने कुलमान अटेरी, दम्भी र अनुशासनहीन नै हुन् ।

यस्ता भ्रष्ट, अटेरी, दम्भी, घमन्डी र पदको मर्यादा राख्न नसक्ने प्रशासकलाई सरकारले त्यति ठूलो संस्थाको प्रमुख पदमा नियुक्त गर्नै नहुने हो, गरिहालेको भए पनि सरकार परिवर्तन हुनासाथ घोक्रेठ्याक लगाएर हटाउनुपर्ने हो । भनेको लुरुलुरु मान्ने एउटा लुतुरे हनुमानलाई प्राधिकरण प्रमुख बनाउने मौका नदिएर यिनले सरकारलाई पनि अप्ठेरोमा पारेका छन् ।

तर अब यिनको घमन्ड तोडिन्छजस्तो छ । ढिलै भए पनि मोदीजीहरू कस्सिनुभएको छ, अब यिनी पक्कै ठेगान लाग्लान् । कुलमानजस्ताहरूलाई ठेगान नलगाई मुलुक कसरी भ्रष्टाचारमुक्त होला त !

नेपाल, जेष्ठ १९, २०७६
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे