सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भिराडिलमा सायमीका कविता र असारे गीत 

Nepal Telecom ad

 height=असार १४, २०७६ काठमाडौँ । व्यस्त कलंकीबाट अलि पर पर्छ तीन थाना । यही छेउ छ भीरजस्तो गल्छेडो र अग्लो झोलुंगे पुल । {{read_more}} नामै भिराडिल पाएको यही थलोमा असारे भाका घन्कियो । चन्द्रागिरी साहित्य सरोवरको १० औं शृंखलामा कवि स्नेह सायमीको एकल कवितावाचन भइरहँदा स्थानीय प्रतिभाहरूले असारे भाका गाए ।

मथुरा राउत, सानी लामा, शोभा लामा, मथुरा कार्कीलगायतले हालेको भाकासँगै सायमीले १४ वटा आफ्ना सिर्जना सुनाए ।

पुलमुनिकै भिराडिल साकुरा पार्कमा आयोजित ‘स्नेह काव्य सरोवर’ मा उनले राजनीतिक सामाजिक विसंगतिदेखि समकालीन समय चेत झल्किने कविताहरू सुनाए । साथमा नरनाथ लुइँटेल, बालचन्द्र मिश्रलगायतले असारे भाका गाए, शंकर आचार्यले हास्यव्यंग्य पस्के ।

दही–चिउरा खान सहरबाट रंगकर्मी केदार श्रेष्ठ, श्र्रष्टाहरू लक्ष्मी माली, राजेन्द्र शलभ, विश्वविमोहन श्रेष्ठ, किशोर पहाडी, भीष्म उप्रेती, मातृका पोखरेललगायत पनि पुगेका थिए ।
कान्तिपुर, असार १६, २०७६ । 
 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad