साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भानु जयन्तीका अवसरमा विचार गोष्ठी

Nepal Telecom ad

 height=काठमाडौँ, २०७६ असार २५ । नेपाल प्रज्ञा–प्रतिष्ठान, संस्कृति विभाग तथा बालसाहित्य र लोकवार्ता विभाग एवम् भानु प्रतिष्ठानद्वारा संयुक्तरूपमा आदिकवि भानुभक्त आचार्यको २०६औँ जन्मजयन्तीका {{read_more}} अवसरमा प्रज्ञा भवनको महाकवि देवकोटा सभा कक्षमा विचार गोष्ठीको आयोजना गरियो । 

विचार गोष्ठीमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले आदिकवि भानुभक्तमा सत्गुणी र लोकको उपकार गर्ने विशेषता भएका कारण रामायणलाई नेपाली भाषामा अनुवाद गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “रामायण र अन्य कृतिका माध्यमबाट भानुभक्त विश्वसामु आफू परिचित हुन सफल हुनुभयो । निष्ठा र निःस्वार्थ भावका साथ कर्म गर्ने मानिस एक न एक दिन सफल भएरै छाड्ने उहाँको जिकिर थियो । 

प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले भानुक्तीय रामायणले नेपाली समाजमा गहिरो प्रभाव पारेको बताउनुभयो । उहाँले रामायणले नेपाली समाजको चित्रण गर्दै भाषा–साहित्यको जग बसाल्न सहयोग पु¥याएको उल्लेख गर्नुभयो । सदस्य सचिव प्रा. उपाध्यायले भन्नुभयो, “मानिसलाई सत्कर्ममा लाग्न र जीवन जिउने कला पनि रामायणले नै सिकाएको छ । यसकारण भानुभक्तको चिन्तनलाई हाम्रो चरित्रमा उतार्नु नै भानु जयन्तीको मूल सन्देश हो ।” 
प्रज्ञा–प्रतिष्ठानका बालसाहित्य र लोकवार्ता विभाग प्रमुख प्राज्ञ डा. देवी नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नेपाली समाजका विभिन्न समुदाय र संस्कृतिमा भानुभक्तीय रामायणको अत्यन्त गहिरो प्रभाव रहेको बताउनुभयो । उहाँले भानुभक्तीय रामायणका माध्यमबाट विश्वमा नेपाली संस्कृति र सम्पन्नताको प्रचार गर्न सकिने बताउनुभयो । 
भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. व्रतराज आचार्यले प्रतिष्ठानले भानुभक्त र भानुभक्तीय रामायणलाई केन्द्रमा राखेर नेपाली भाषा र साहित्यको विकासका लागि काम गरिरहेको बताउनुभयो । उहाँले भानुभक्त नेपाली जातिको प्रतीक भएको विचार व्यक्त गर्नुुभयो । 

कार्यक्रममा डा. तुलसीप्रसाद भट्टराईले ‘भानुभक्तीय रचनाको सामाजिक पक्ष’ शीर्षक गोष्ठीपत्र प्रस्तुत गर्दै आदिकवि भानुभक्तले रामायणलाई नेपालीमा अनुवाद गरेर नेपाली भाषा, साहित्य र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्नमा ठूलो योगदान पु¥याएको बताउनुभयो । उहाँले भानुभक्तले नेपाली भाषामा रामायणलाई अनुवाद गरेपछि अन्य थुप्रै भाषामा रामायण अनुवाद गरिएको दाबी गर्नुभयो । “भानुभक्तले लेखेको रामायण पाण्डुलिपि अवस्थामै प्रचारमा आएको थियो”, उहाँले भन्नुभयो, “सरल भाषामा लेखिएकाले यसको लोकप्रियता बढ्न गयो ।” डा. भट्टराईले थप्नुभयो, “भानुभक्तका कृतिमा एक दर्जनभन्दा बढीले विद्यावारिधि गर्नु, चलचित्र बन्नु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उहाँका सालिक बन्नुजस्ता कार्यले उहाँको महत्व झन बढ्दै गएको छ । उहाँका विभिन्न पक्षहरूका बारेमा अझै पनि अध्ययन अनुसन्धान गर्र्नु आवश्यक छ ।”

कार्यक्रममा संस्कृतिविद् डा. भक्त राईले ‘नेपाली लोकजीवनमा रामायण संस्कृति’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्दै  भानुभक्तले लेखेको नेपाली भाषाको लोकरामायण सर्वत्र सुवासित भई फैलन सफल भएको भन्दै हरेक जाति, वर्ग र समुदायमा रामसीताका कथाहरू पुगेको बताउनुभयो । “हिन्दू, गैरहिन्दू लगायतका सबै समुदायमा नृत्य, गायन, गाथा र कथाका रुपमा रामायण फैलन पुगेको छ ।” उहाँले लोकरामायणले नेपाली संस्कृतिमा दिगो र व्यापक प्रभाव जमाउन सफल भएको बताउनुभयो । भानुभक्तले लोकभाषामा अनुवाद गरेकै कारण रामायण सबैका लागि लोकप्रिय रहेको उहाँको धारणा थियो ।

भारतीय राजदूतावासका प्रथम सचिव प्रा.डा. केदारनाथ शर्माले रामायण आर्य संस्कृतिको मणि भएको बताउँदै यसले सबैको भावनालाई समेटेको दाबी गर्नुभयो । दुवै गोष्ठीपत्रमाथि सहभागीले परिपूरक समीक्षा गरेका थिए । कार्यक्रम भानु प्रतिष्ठानका महासचिव डी.पी. अर्यालले सञ्चालन गर्नुभएको थियो । 
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x