सुलसुलेमनोहरा साहित्य समाजको ५३ औ सिर्जना वाचन

काठमाडौं, १० फागुन २०७६ । मनोहरा साहित्य समाज आफ्नो ५३ औ सिर्जना वाचन कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न भयो । {{read_more}}
ग्लोबल पब्लिक स्कूलमा, टाउन प्लानिङ, पुरानो सिनामंगलमा सम्पन्न कार्यक्रममा भुवन शिवाकोटी, बबिता थापा, भावना न्यौपाने, प्रकाशमणि दाहाल, डा.खगेन्द्र शर्मा, सीता आस्था, दीपक धमला, नूरदेव खनाल, सुनील पुरी, रन्जना पराजुली, शारदा पराजुली, भावकेशर वराल, सुमी लोहनी, घनश्याम प्रसाई, परशुराम पराशर, डा.शेषराज आचार्य, नारायण जनकपुरी, खोमलाल पोखरेल, मन्दिरा मधुश्री, शान्ति शापकोटा, अनुराग अरुण, डा.विदुर चालिसे लगायतका स्रष्टाहरूले आआफ्ना कविता, गीत, लघुकथा, गजल, मुक्तक प्रस्तुत गर्नु भएको थियो ।
प्रमुख अतिथि कालजयी गीतका रचनाकार राजेन्द्र थापा रहनुभएको सो कार्यक्रमको सभापतिमा मनोहरा साहित्य समाजका संयोजक डिल्लीराज अर्याल रहनु भएको थियो । अतिथिका रूपमा रहेका समाजसेवी तथा साहित्यकार गोपाल बरालले कविता सुनाउनु भएको थियो भने अतिथी डा.पुष्करराज भट्टले वाचित रचनाको संक्षिप्त समीक्षा गर्नु भएको थियो ।
अर्का अतिथि नारायण तिवारीले फेसबुकमा समय खेल नफालेर सिर्जनात्मक काम लघुकथा कुनोको माध्यमबाट साहित्यको सेवा गर्न मन लाग्यो र गरे आज यो मेरो पहिचान बन्न पुगेको छ भनी आफ्नो समय सदुपयोग भएकोमा संतुष्टी व्यक्ति गर्नु भएको थियो ।
मनोहरा साहित्य समाजको गतिविधी बारेमा स्वागत मन्तव्यको क्रममा सभापति डिल्लीराज अर्यालले प्रकाश पार्नु भएको थियो । कार्यक्रम शीतल गिरीले संचालन गर्नुभएको थियो । प्रमुख अतिथि वरिष्ठ गीतकार थापाले कवितामा सरल सहज र स्वभाविक बिम्व प्रयोग गरेर धेरैको मन छुने सिर्जना गर्न सकियो भने स्रोता मुग्ध हुन्छन् र त्यस्तो रचनाका कालजयी बन्छ भन्नु भएको थियो ।
कार्यक्रममा कपिल अर्याल, डिल्लीरमण सुवेदी लगायतका साहित्यकार साहित्यानुरागीहरूको उपस्थितिले मनोहरा साहित्य समाजको कार्यक्रम भव्य बनेको थियो ।
Subscribe
Login
0 Comments
Oldest












































