साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घुम्तीको ८८ औँ शृङ्खला

Nepal Telecom ad

 height=काठमाडौं, २०७६ फागुन १० । घुम्ती कविगोष्ठी नेपालको ८८ औँ शृङ्खला वरिष्ठ साहित्यकार शीतल गिरीको संयोजकत्वमा उहाँकै निवास काठमाडौँको काँडाघारीस्थित मनमती मार्गमा सम्पन्न भएको छ ।  {{read_more}}

संयोजककै सभापतित्वमा सम्पन्न यस कविता गोष्ठीमा प्रमुख अतिथि वरिष्ठ साहित्यकार डिल्लीराज अर्याल हुनुहुन्थ्यो भने अतिथिहरूमा डा. शेषराज आचार्य, प्रकाशमणि दहाल, कपनबानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाका सम्पादक निबन्ध आचार्य, त्रिलोचन आचार्य, आजको खबर र कार्यक्रम सञ्चालक पत्रकार डिल्लीरमण सुवेदी र घुम्ती कविगोष्ठीका अध्यक्ष परशुराम पराशर हुनुहुन्थ्यो । 

बिहान ८ बजेबाट सुरु भएको यस कार्यक्रममा कविता, गीत, गजल र मुक्तक वाचन भएका थिए । रचना वाचन गर्नेहरूमा मिसन अधिकारी, शारदा पराजुली, घनश्याम प्रसाईं, माधवलाल श्रेष्ठ, प्रकाशमणि दहाल, त्रिलोचन आचार्य, डा. शेषराज आचार्य, परशुराम पराशर, रामकुमार पण्डित, डिल्लीराज अर्याल र शीतल गिरी हुनुहुन्थ्यो । 

घुम्ती कविगोष्ठीका उपाध्यक्ष रामकुमार पण्डितले सञ्चालन गर्नुभएको यस कार्यक्रममा वाचित रचनाहरूको समीक्षा प्रमुख अतिथि डिल्लीराज अर्यालले गर्नुभएको थियो भने सहभागीहरूलाई धन्यवाद परशुराम पराशरले दिनुभएको थियो ।  
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x