पट्याउने रहर
दुईदिनको जिन्दगानी चैन गर्नै बाँचेकी धेरै ‘मिस्टर हिरो’हरू पट्याउने रहर छ ।
इन्द्रजीत शर्मा चौलागाइँ :
नानीलाई नाङ्गिएर देखाउने रहर छ
सकेसम्म छोटो नाना छेकाउने रहर छ
ड्याडी-ममी दिदीज्यूको प्रेरणामा परेर
मिस नेपालमा आफ्नो नाम लेखाउने रहर छ
माध्यमिक कक्षासम्म शिक्षा पुग्दानपुग्दै
ब्वाइफ्रेन्डको ज्यानमा ज्यान टेकाउने रहर छ
आफ्ना देशका दिदीबैनी कुन कुनामा रुँदा हुन्
मैयाँको अङ्ग्रेजी हावा भेटाउने रहर छ
देशमा बढ्दो हत्याहिंसा दमन सारा छोपेर
देश हितमा पर्यटन लट्टयाउने रहर छ
दुईदिनको जिन्दगानी चैन गर्नै बाँचेकी
धेरै ‘मिस्टर हिरो’हरू पट्याउने रहर छ ।
०००
मकवानपुर, हेटौंडा
Subscribe
Login
0 Comments
Oldest