साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाइब्रेड नेता

ल्यायौ दाम तिरेर औसध भनी, सारै भएछौ निच। मर्छन् रोग लगाउने परजिवी, भन्दै खुवायौ विष।। सत्ताको उपयोग गर्छ जसले, राम्रो गरे भन्दछ। अर्काकै भरमा परेर जनमा, चोखो सधै बन्दछ।।

Nepal Telecom ad

बालकृष्ण खनाल :

बाख्राको अब छैन भाउ घटिगो, राँगा र भैंसी किनौँ।
केही काम भएन यो मुलुकमा, दिल्ली र बेजिंङ् हिडौँ।।
कोही लाख करोडका थरिथरी, पालेर सर्पो बसौँ।
कोही टावरमा चडेर जनता, हेरेर ठट्टा गरौँ ।।

लाटा यी जनता जसो गर तिमी, ताली दिनेछन् सदा।
जागे यी जनता भने तिमिहरू भागेर जान्छौ कता।।
बिर्सेछौ तिमिले सबै कबुल ती, सत्ता समालेपछि।
कस्को सङ्गत गर्न पुग्यौ र यसरी, बिग्रेछ तिम्रो मति।।

हाम्रा लोकल जातका बिजरू, मासी सबै अन्नको।
भित्र्यायौ परको अनाज तिमिले, हाम्रा सबै अन्तभो।।
भाषा भेष सबै हराउन गए, यो देश को चिन्छ र।
अर्काको भरले हुँदैन प्रगती, आफ्नो जगेर्ना गर।।

फल्थे लोकल जातका फल यहाँ, पर्दैन थ्यो रोपन।।
खान्थे जङ्गलका चरा र पसुले, रम्थे खुसी भै कन।।
भित्र्यायौ सब हाइब्रेड भनी जो, मासेर अर्गानिक।
छोड्यौ बोल्न समेत शुद्ध तिमीले, को भन्छ हौ प्रागिक।।

ल्यायौ दाम तिरेर औसध भनी, सारै भएछौ निच।
मर्छन् रोग लगाउने परजिवी, भन्दै खुवायौ विष।।
सत्ताको उपयोग गर्छ जसले, राम्रो गरे भन्दछ।
अर्काकै भरमा परेर जनमा, चोखो सधै बन्दछ।।

०००
टीकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
पुरूषको जुनी हुन पाइनँ

पुरूषको जुनी हुन पाइनँ

कमला पन्थी अधिकारी
वृद्धका कष्ट

वृद्धका कष्ट

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x