साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशप्रेमी नेताजी– जिन्दावाद !

परिवारवाद कहाँ छैन ? निर्दोष मान्छेलाई दोष लगाउने ? उहाँ “देशप्रेमी” हो । उहाँको राष्ट्रिय अभिनन्दन हुनुपर्दछ । उहाँको नाममा म एउटा गजल लेख्नेछु । देशप्रेमी नेताजी–जिन्दावाद, जिन्दावाद, जिन्दावाद !

Nepal Telecom ad

धनराज गिरी :

“उहाँ जस्तो देशप्रेमी नायकलाई टाटीटिक्न दिएनन् । यति सच्चा सिपाही लोकतन्त्रको, सारै सज्जन पनि ।” चिया गफमा जय नेपाल कोइराला बोले । उता लालसलाम नेपाल र सूर्यप्रसाद ओली धज्जी उडाउन कस्सिएर बसेका छन् । “हजुरका नायक, भेल्दर र चिलाउनेका रुख कसरी “देशप्रेमी” भए ? कति माया गरे देशलाई ? कस्तो परिभाषा हो देशको ?” प्रचण्डलालले बिस्फोट बोले ।

अलि अलि गर्दा गर्दै स्थिति अलि भयानक, चिन्ताजनक नै हुन लाग्यो । साथीहरु यति शालीन, सभ्य, भव्य र शिष्ट कि मुखलाई दुःख नदिएर हात र लातलाई रोजगारी दिने मूडमा पुगे । बातमा विश्वास गर्ने जमाना रहेन । जय नेपाल कोइरालाले सहेन । थप कुरा कहेन । “राष्ट्रिय मेलमिलापको नारा” सुम्निमा काकीसितै सती गइसकेको थियो । कुरुक्षेत्र हुन हुुन लागेको थियो, ठीक त्यतिखेर चिया दोकानमा आइपुगे “प्रोफेसर जगमोहन आजाद” उनी आएपछि हिटलरहरु बुद्ध हुन पुगे, किन कि तात्ने पुस्ताहरुको कान समात्ने उनै थिए ।

“साथीहरु, यो कार्तिक महिनामा पनि जेठको उष्ण प्रदर्शन गर्ने प्रयत्न किन गरेको हो ? कायाकैरन सुन्न पाइन्छ ?” नजीकै थियो गाउँको किसान सोझो, अति इमान्दार इमान नारायाण अवतारी, उसैले सबै कुरा सुनायो । त्यसपछि प्रोफेसर जगमोहन आजादले शान्त मुद्रामा भने, “साथीहरु कुनै जमानामा एकजना केन्द्रीय नेताले आफूलाई “गरीबको नेता” भने, जहाँ पनि उनलाई जनवादी, नजनायक, सर्वआहारा “गरिबको नेता” भनियो ।

नेताजीको छोरो विदेश पत्रकारिता पढ्न गएको थियो, आफ्नै बुताले, बाउको कुनै हात खुट्टा थिएन । छोरो धेरै इमान्दार थियो, आमाको कारणले । पंचायतकालमा बाउ पनि इमान्दार थियो, कुनै पदमा थिएन । कहिलेकाहिं श्रीकृष्ण भगवान् जन्मिएको मन्दिरमा लागिइन्थ्यो, मर्मत संभार गरेर पठाउँथे कंस मामाहरुले । आयो बहुदल, अगाडि लम्कियो, भाग्य चम्कियो । आर्थिक क्रान्ति गर्यो, देशले होइन, उसको शाखासन्तानले । नलाङको टाटनारायण छलाङ मारेर मनाङको महाजन हुनपुग्यो । ओटाङदेखि खोटाङसम्म नाम चल्यो ।

सुपुत्र आएपछि पिताश्रीको कारागारनामाबाट वर्तमान कारनामा सम्मको कथा थाहा पायो । यता “गरिबको नेता” भनेको छ, पिताश्रीले गरिबको लागि सिन्को पनि नभाँचेजस्तो लाग्यो । बरु पार्टीका प्रियदर्शीनी अबलाहरुलाई तबला बनाई सबला बनाउने उद्योगमा विद्यावारिधि गरेको समाचार थाहा पायो । नेताजीकै कारणले शहरमा धेरै पुरुषहरुले दोस्रो विवाह गर्ने सौभाग्य जुरेको कुरा पनि समाचारमा आयो । पिताश्रीको उत्तर आधुनिक लीला थाहा पाएपछि छोराले एकदिन “जि.सी. धमला” बनेर जन्मदाता माथि नै हमला गर्यो, “पिताश्री, हजुर कसरी गरीबको नेता ? हजुरको पहलमा कति दीनहीनको कल्याण भयो ? मलाई सत्यतथ्य कुराहरु बताउनुहोस् । झूट बोलेमा म बाउ भन्नेछैन ।

अन्याय गरेमा बाउलाई पनि छोडिन्न । भन्नुहोस्, हजुर कसरी गरीबको नेता ? चिटचिट पसिना काढे नेताजीले । वाकपटुता थियो । बोले, “छोरा, म सत्तामा पुग्नु अघि हाम्रो खानदानमा कोही थियो आत्मनिर्भर ? सबै मजदुर, दाउरे र लाहुरे होइनन् ? सबै हली होइनन् ? सबै गरीब थिएनन् ? तेरी आमाको दुई जोरसाडी थियो ? गहना थियो ? सबैको बन्दोबस्त भएन अहिले ? यही परिवर्तनको चमत्कार होइन ? खोले खान नपाउनेले नौतुना पुगेर “शोले” हेरेर आउन सक्नेभएका होइनन् ? आफ्ना ३६ र ससुराली र मावलीतिरका ७४ जनाको, ती गरीबहरुको कल्याण गरिएन ?

यति धेरै गरीबहरुको कल्याण गरेपछि म “गरिबको नेता” कहलिन योग्य छैन त ?” “अनि तमाम, आम सोझा जनताहरुको गरीबको उपचार कसले गर्छ त ?” छोरो झोक्कियो । “छोरा, भगवान् कृष्णले त कुरुक्षेत्र रोक्न सकेनन् । म जाबो एक निरीह मान्छे, सबैको ठेक्का लिने हो र मैले ? “आफ्नो भलाइको विचार आफैं गर्नू” भनेर त्यत्रा विद्धान्, फ्रेन्च दार्शनिक “भोल्तेयरले” भनेका होइनन् ? यी गरीब जनताहरुको भाग्यमा जे लेखेको छ त्यही हुन्छ ।

सबै धनी भएमा काम कसले गर्छ छोरा ? गरीबहरु जहाँ पनि छन् । विकसित मुलुकहरुमा पनि छन् । जोगी हुन राजनीति गरेको हो र ? “बाउको यस्ता कुरा सुनेपछि छोरो नेपालमा बसेन, बाउ नै त्यागिदियो । आमालाई लिएर उड्यो अमेरिका ।”

“हजुरले यो कथा सुनाएर के सावित गर्न खोज्नुभएको गुरुदेव ? हामीलाई अल्मल्याउन खोज्नुभएको ?” प्रचण्डलाल बिस्फोट अलि रातो भयो । “बबुवा, रीस र आक्रोशले आफूलाई नै सिध्याउने हो । दुईतिहाई गएन ? शान्त, शान्त, यो त मैले भूमिका मात्र बाँधेको हो । चुरो कुरो गर्नै छ । बबुवा, म शान्तिप्रेमी हो ? अथवा म साधना प्रेमी वा सिर्जनाप्रेमी हुँ ? ”

“सिर्जना नाम गरेकी पुतलीसित प्रेम भएको भए सिर्जनाप्रेमी पक्कै हो । कति कुरा घुमाउनुभएको सर, छिटो ।” सबैको ध्यान यतातिर । “आज हाम्रो प्रोफेसर साहेबलाई पनि गाह्रो पर्लाजस्तो छ ।” सत्यनारायाण चौधरी । “ह्या, कस्ता कस्ता हिसाबहरु मिलाएको जमानामा हाम्रो मामाले, यो जाबो, राजकुमारको फिल्मी डायलग मारेर चित्त बुझाउनुहुन्छ ।” गोपी बिंडारी । “छापामारहरु पनि कम होइनन् ।” वासु ढुंगाना । “अब सरले गुदी कुरा गर्नुहुन्छ ।” लोकराज भुसाल ।

बैकुण्ठनगरको चोकमा यतिखेर रमाइलै भएको छ । टोपी मिलाएर लगाए प्रोफेसर जगमोहन आजादले, गोजीबाट एउटा कागज निकाले, पढे, “देशप्रेमी नेताजीको नातेदारहरुको लिस्ट मैले गुगलमा पाएँ । चेलो जुगल चौधरीले उपलब्ध गरायो । लौ सुन बबुवा, पत्नीको नाम देशमाया देउडा, छोरा देशबहादुर देउडा, छोरी देशकुमारी देउडा, मामा देशराज के.सी., माइजु देशदेवी के.सी., ससुरा देशसम्शेर राणा, सासू देशराज्यलक्ष्मी राणा, कस्तो अचम्मको एकता संपूर्ण परिवारमा ! सबैको नाम “देश” बाटै ।

आफ्नो परिवारको माया कसलाई हुन्न ? एउटा समझदार मान्छेको लागि परिवार नै देश हो, यथार्थ, देश नै परिवार हो भन्नु आदर्श, आदर्श देखाउने दाँत मात्र हो । “देशप्रेमी” हुनलाई यो भन्दा बढी प्रमाण के चाहिन्छ । म कविताप्रेमी, म अनिताप्रेमी, म सीताप्रेमी, म उत्तमप्रेमी, भवानीप्रेमी, आरजूप्रेमी, बाबुरामप्रेमी, शारदाप्रेमी, दुर्गाप्रेमी, आरजूप्रेमी, बाबुरामप्रेमी, शारदाप्रेमी, दुर्गाप्रेमी, लक्ष्मीप्रेमी, विन्दुप्रेमी, हो म संपूर्ण नातेदारहरुको प्रेमी, हाम्रा विवेकी र हरेक काल स्त्रीदर्शी नेताजीले पनि आफ्ना नातेदारहरु सबैलाई माया गर्नुभयो । परिवारवाद कहाँ छैन ? निर्दोष मान्छेलाई दोष लगाउने ? उहाँ “देशप्रेमी” हो । उहाँको राष्ट्रिय अभिनन्दन हुनुपर्दछ । उहाँको नाममा म एउटा गजल लेख्नेछु । देशप्रेमी नेताजी–जिन्दावाद, जिन्दावाद, जिन्दावाद ! जय नेपाल ।” छापामारहरु टाप कसे । देशप्रेमी हुने हो ? आइडिया इन्टरनेट !

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
टोल सुधार !

टोल सुधार !

धनराज गिरी
के ताल हो बूढा ?

के ताल हो बूढा...

धनराज गिरी
सल्लाहकारहरू !

सल्लाहकारहरू !

धनराज गिरी
कल्पनातीत !

कल्पनातीत !

धनराज गिरी
गाजली !

गाजली !

धनराज गिरी
चुरो कुरो !

चुरो कुरो !

धनराज गिरी
सिको

सिको

दिप मंग्राती
खरी झरेको मादल

खरी झरेको मादल

चिरञ्जीवी दाहाल
कविजी

कविजी

डा. कपिल लामिछाने
गाई भैंसी पाल, घाँस नकाट

गाई भैंसी पाल, घाँस...

सुरेशकुमार भट्ट
परलोकवासी पिताको पत्र

परलोकवासी पिताको पत्र

गणेशप्रसाद लाठ
0
Would love your thoughts, please comment.x
()
x