साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोकान

माथि तानेझैँ गरी झुक्क्याई खसाल्नेको काम छैन हिँसाको ताण्डव रच्न दुनियाँ उचाल्नेको काम छैन माटोले खोज्दैछ सङ्कटमा देश बचाउने तारनहार मुखमा देश र मुटुमा लेण्डुप बसाल्नेको काम छैन ।

Nepal Telecom ad

१.
यो देशमा जालझेल कस्तो बिचित्र हुँदैछ
पञ्चामृत अशुद्ध होलीवाइन पवित्र हुँदैछ
यसरी फेरियो कि पाठ्यक्रम राजनीतिको
इमानदार ढोका बाहिर बेइमान भित्र हुँदैछ ।

२.
यतै बस्नेछन् चमेराहरू दिनमै रात भएपछि
अन्दाज गरौँ के होला बिष्टाको वर्षात् भएपछि
घटाइन सक्छ उचाई नाप आफ्नै सगरमाथाको
पराइका थुम्का थुम्की ठूला देख्ने जमात भएपछि ।

३.
कोही दक्षप्रजापति र कोही शिखण्डी आकारमा छन्
कोही आफ्नै अस्तित्व र राष्ट्रियताको व्यापारमा छन्
खोज्नु पर्दैन सत्तुरहरू अब कुनै माफियाका सेल्टरमा
यो देशका नामुद दुश्मनहरू तैनाथ सिंहदरबारमा छन् ।

४.
माथि तानेझैँ गरी झुक्क्याई खसाल्नेको काम छैन
हिँसाको ताण्डव रच्न दुनियाँ उचाल्नेको काम छैन
माटोले खोज्दैछ सङ्कटमा देश बचाउने तारनहार
मुखमा देश र मुटुमा लेण्डुप बसाल्नेको काम छैन ।

५.
कुशासनको संक्रमण नफैलिएको कुनै बस्ती भेटिंदैन
हप्ता असुलीको धन्दा छ चर्को सुरक्षा गस्ती भेटिंदैन
फजिती राम शाहको गर्दैछ राजधानीको एउटा सडक
कानुन किन्ने सामर्थ्य छैन भने न्यायको अस्थी भेटिंदैन ।

०००
गुल्मी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
तीन ठाेक्तक

तीन ठाेक्तक

होम सुवेदी
तीन ठोक्तक

तीन ठोक्तक

अमर अधिकारी
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोक्तक

चार ठोक्तक

अमर सन्तति
बेलाको बोली- १७३

बेलाको बोली- १७३

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x